Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एआईजी दरबन्दी थपियो व्यक्ति छनोट भएन

काठमाडौं । चुनावको मुखमा सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थपेको छ तर व्यक्ति छनोट नगर्दा चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी अलमलमा परेका छन् । मन्त्रीपरिषद्ले नै दरबन्दी थप गर्दा व्यक्ति छनोटसँगै नगर्दा प्रहरीभित्र झन अन्योल सिर्जना भएको हो । डिआईजी रविन्द्र धानुक विरुद्ध सरकारमा सहभागी दलहरूनै जुटेका छन् । जसको कारण अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणका बीच लामो बसह भयो ।
आईजीपी शैलेश थापाको कार्यकाल वैशाख १९ सम्म हो । उनीसँगै ३ एआईजी हरि पाल, प्रद्युम्न कार्की, निरज शाही अवकाश हुनेछन् । ०४९ को ब्याजका डिआईजीहरू उमेश रञ्जितकार, प्रकाशजंग कार्की, प्रकाश अधिकारी, गणेश ऐर, पुरुषोत्तम कँडेल र एसएसपी वीरेन्द्र कुमार बस्याल ३० वर्षे सेवाका कारण बिदा हुनेछन् । प्रहरीका ३ एआईजीपी बिदा हुँदा त्यहाँ पनि बढुवाका लागि डिआईजीहरूबीच प्रतिस्पर्धा हुनेछ ।
अहिले आईजीपी प्रतिस्पर्धी सिंह, धानुक र सुवेदीसँगैका घनश्याम अर्याल, बसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वर कार्की ३० वर्षे सेवाका कारण आईजीपी थापासँगै बिदा लिनेमा पर्छन् भने अरुण बिसी वैशाख १९ पछि एआइजीको प्रतिस्पर्धी हुनेछन् । बिसीसँग त्यो बेलाका प्रतिस्पर्धी अब डिआईजी भएका हुनेछन् । एआईजीका ४ प्रतिस्पर्धीमध्येका सिंह, सुवेदी, धानुकको ब्याजका बसन्त लामा पनि एआईजीको दाबेदार हुन् । उनीहरू विश्वराज पोखरेल, सहकुल थापाका व्याजका हुन् । यो टोली २०७९ साल चैतमा बिदा हुन्छ ।
अहिले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो, प्रशाशन र प्रदेश समन्वय महाशाखालाई एआईजीको नेतृत्वमा लैजाँदै छ । हिजो एआईजी दरबन्दी काट्ने नेकपाकै सरकारले धमाधम दरबन्दी थप गर्ने बाटो खुलाएको कारण अहिले राजनीतिक स्वार्थ र गुटबन्दी प्रहरीमा चर्केको छ । व्यवसायिक रुपमा भन्दा दलगत कोटामा पं्रहरी नेतृत्वलाई प्रस्तुत गर्ने प्रवृत्तिको विकास भएको छ । सुरक्षा शक्ति स्वतन्त्र र निष्पक्ष बन्न नदिने दलहरू नै हुन् । सरकारमा दुई वामपन्थी शक्ति भए पनि गृहले एआईजी छान्दा काँग्रेस, डिआईजी छान्दा काँग्रेस, एसएसपी बढुवा गर्दा काँग्रेसी नेताकै सिफारिश खोज्ने गलत संस्कृति शुरु गरेको छ । त्यहाँ वरिष्ठता र जेष्ठता लत्याइँदा नवराज सिलवाल रातारात एमाले बनेर वाम गठबन्धनको टिकट लिएर ललितपुरमा काँग्रेसका लोकप्रिय नेता उदयसमशेर जबरालाई चुनावमा पराजित गरेको स्मरण कसले गराउला ?