Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईसी एसियाको उच्च व्याजदरसँगै बीमा सुविधा

काठमाडौँ । ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ जनमैत्री बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैङ्कले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च व्याजका साथै २१ लाख रूपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैङ्कले दिएको यो सर्वाधिक तथा अद्धितीय सुविधा चमत्कारिक रहेको छ । सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक व्याजदर पाइन्छ भन्ने बुझाइ छ । तर यस बैङ्कको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च व्याज मात्रै उपलब्ध नभई बीमा सुविधासमेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्धती खातामा ग्राहकहरूले उच्च व्याजदरसँगै तीन विभिन्न बीमा सुविधासमेत पाउने छन् । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरूले जीवनमा आई पर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रूपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने छन् । यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा रू. १० लाखसम्मको बीमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरूका लागि रू. १० लाखसम्म र एक लाखसम्मको औषधि उपचार बीमा सुविधासमेत उपलब्ध छ । यसै गरी औषधि उपचार बीमाअन्तर्गत बैङ्कले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग (ओपीडी) उपचारमा रू. २० हजारसम्म र अस्पताल भर्नाबापत रू. ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्ने छ । उक्त ओपीडी बीमा सेवाले ग्राहक वर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै– डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्चलगायतका खर्चहरूबापत रू. २० हजारसम्मको भरपाइ गर्ने छ ।
एनआईसी एसिया बैङ्कमा मुद्धती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्धती योजना रहेकाले आफ्ना ग्राहक वर्गहरूका लागि फाइदा पुग्ने विश्वास बैङ्कले लिएको छ । बैङ्कले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म एक सय दुई जना ग्राहकले यो सुविधाबाट रू. ६० लाखभन्दा बढीको बीमा रकम प्राप्त गरेका छन् । सामान्यतयाः यदि ग्राहक वर्गले रू. २१ लाखसम्मको बीमा आफैँले गर्नुपरेमा करिब १४,००० रूपैयाँबराबरको बीमा शुल्क बुझाउनुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजनाअन्तर्गत बैङ्क स्वयंले उक्त बीमा सुविधाबापत लाग्ने बीमा शुल्क सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैङ्कले सम्झौता गरेअनुरूप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहक वर्गलाई करिब रू. १४,००० को फाइदा पुग्ने छ । हाल यस बैङ्कको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४४५ एटीएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैङ्किङ रहेको छ ।


सम्बन्धित समाचार