Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा। बाह्य पर्यटकलाई डिजिटल माध्यमबाट सहज सेवा पुर्याउन एनएमबि बैंकले ‘वि च्याट पे’ सेवा सुरु गरेको छ। चिनियाँ पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि ‘वि च्याट पे’को क्यूआर कोड सेवा औपचारिक रुपमा सञ्चालनमा आएको छ।
‘वि च्याट पे’ नेपालमा सुरु भएसँगै नेपाल आएका चिनियाँ पर्यटकले भुक्तानी गर्नुपरेमा ‘क्यूआर कोड’ स्क्यान गरी ‘वि च्याट वालेट’बाट भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ। यसले व्यवसायलाई अवसरको बाटो खोलेको नेपालका लागि चिनियाँ राजदूत छेन सोङले जानकारी दिए ।
‘अबदेखि चिनियाँ पर्यटकले खानादेखि ट्याक्सीको बिल स्मार्ट फोनबाट तिर्न सक्छन्। नयाँ मोडलको भुक्तानीले व्यवसायलाई अवसर खोलेको छ,’ उनले भने।
एनएमबीले ‘वि च्याट पे’ सेवा विस्तार गरेसँगै नेपाल(चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास रहेको एनएमबिका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जनाए । यस्तै, सेवा विस्तारसँगै तथ्यांक सुरक्षा चुनौती रहेको उनको भनाइ छ ।
‘औपचारिक रुपमा सेवा सञ्चालनमा आएसँगै चुनौती थपिएको छ। दुवै पक्षका व्यक्तिगत तथ्यांक सुरक्षित राख्नु जिम्मेवारी र चुनौती हुन्छ,’ उनले भने।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल