Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबी बैंकद्वारा भूकम्प प्रभावितका लागि ५० लाख सहयोग

काठमाडौं । एनएमबी बैंक लिमिटेडले भूकम्प प्रभावितलाई राहत दिन ५० लाख रुपैयाँ सहयोग गरेको छ। जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५० लाख नगद सहयोग प्रदान गर्ने निणय गरेको बैंकले जनाएको छ। कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा बैंक विश्वस्त रहेको छ।