Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीले भाँडिएको माओवादी र चसक्क बनेको चीन

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले अमेरिकी सहयोग रोक्न च्यापेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लत्तो छाडेपछि अब नेपाल र नेपालीप्रति हेर्ने चीनको दृष्टिकोण नै परिवर्तन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदनको पक्षमा उभिएपछि उनको दलभित्र ठूलै संकट आएको छ । माओवादीभित्र एमसीसी विरोधी पक्ष मोर्चाबन्दी गर्न थालेको छ । माओवादीभित्रको पछिल्लो विकसित घटनाक्रममा बाह्य प्रभावको समेत चर्चा छ । एमसीसीको पक्षमा प्रचण्ड उभिएपछि छिमेकी चीन उनीप्रति असन्तुष्ट भएको बुझिएको छ । चीनले खुलेरै एमसीसी दबाब र धम्कीको भरमा पारित गराउन खोजेको भन्दै अमेरिकाको आलोचना गरेको थियो ।
एमसीसीविरोधी विस्तारै एकजुट हुन थालेका छन् । झलनाथ खनाल, भीम रावल, नारायणकाजी श्रेष्ठ, नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण नजिकिन थालेका छन् । एमसीसी विरोधी कम्युनिस्ट शक्तिको एकता प्रचण्डका लागि चुनौती बनेको छ । यसमा कतिपयले चीनको भूमिका देख्न थालेका छन् । प्रचण्डका लागि नारायणकाजी श्रेष्ठको सक्रियता यसकारण पनि चुनौती बन्न थालेको छ । एमसीसीविरोधी मोर्चाबन्दी भएमा माओवादीमा ठूलै दुर्घटना हुनसक्छ । माओवादीभित्र कृष्णबहादुर महरा, देव गुरुङलगायतको ठूलो समूह एमसीसी विरोधी देखिएका छन् ।
प्रचण्डले अझै पनि उपाध्यक्ष, महामन्त्रीसहित पदाधिकारीको टुंगो लगाउन सकेका छैनन् । यो पद बाँडफाँड तत्काल गर्दा असन्तुष्टहरुबाट अर्को चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । एमसीसीविरोधी समूहलाई चीनको साथ देखिएको र एमाले, माओवादी र नेकपा एसमा रहेका त्यस्ता नेताहरु कुनैपनि बेला अलग भएर नयाँ कम्युनिस्ट शक्ति बनाउन सक्ने अवस्था पनि विकास भएको छ । यो विकसित घटनालाई प्रचण्डप्रति चीनको असन्तुष्टिका रुपमा हेर्न थालिएको छ ।