Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी छल्न आज पनि अर्थमन्त्री बेपत्ता

काठमाडौं । एमसीसीमाथि माओवादीको धारणा के हो ? भन्ने अझै अन्योल कायमै छ । भित्र समर्थन बाहिर विरोध गरिरहेको माओवादीले आज संसदमा हुने बहसमा पनि त्यस्तै चरित्र देखाउँदैछ । एमसीसी टेबल हुने दिन स्वास्थ्य अवस्था ठिक नभएको भन्दै संसद नगएका अर्थमन्त्री जनार्दन शर्मा आज पनि नजाने भएका छन् । माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताइरहँदा अर्थमन्त्री शर्मा आजको छलफलमा पनि अनुपस्थित हुने भएका हुन् । संसदमा एमसीसीको प्रक्रिया छल्न खोजिरहेका शर्माले हिजो फेसबुक स्ट्याटस लेख्दै पर्वतको एक कार्यक्रममा सहभागी हुने बताएका छन् । संसदको सम्भावित कार्यसूचीमा भने अर्थमन्त्री शर्माले नै आजको बैठकमा एमसीसीमाथि छलफलको प्रस्ताव पेस गर्ने उल्लेख छ । यसअघि अर्थमन्त्री शर्माले नै एमसीसी टेबल गर्ने कार्यसूची थियो । शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए । एमसीसीमाथि छलफल गर्न आज १ बजे संसद बैठक बस्दैछ ।