Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी देउवा र प्रचण्डले चाहेर पनि पारित हुन सक्दैन

  • अर्जुन ज्ञवाली

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आएको दुई महिना पुग्दा नपुग्दै दक्षिण एसिया तथा मध्यएसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । नेपालको इतिहासमा सिक्किम नेशनल काँग्रेस खडा गरेर स्वतन्त्र मुलुक सिक्किमको अस्तित्व मेटाएजस्तै बनारसमा राष्ट्रघाती नेपाली काँग्रेस खडा गरेर नेपालको अस्तित्व मटियामेट गराउने काँग्रेस र त्यसमा पनि विशेष गरेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालपछि हरेक राष्ट्रघातको अगुवाई गर्दै आइरहेका पात्र हुन् । प्रधानमन्त्री देउवा केबल आरजु राणाका पश्चिमी मिशनका डमी पात्र मात्रै हुन् । उनको न आफ्नो कुनै अस्तित्व छ नत विचार छ ।

वि.सं. २०१८ सालमा भित्रिएको पिस्कोरको नाममा अमेरिकी जासुसी संस्था सिआइएको काम गरेकी जुलिया चाङ ब्लकले नै शेरबहादुर देउवाको मिशनरी विवाह गराइदिएकी थिइन् । स्मरणरहोस्, जुलिया चाङ ब्लक वि.सं. २०३३ सालमा पाल्पा जिल्लाको रम्भापानी माविमा स्वयंसेविका शिक्षक बनेर त्यहाँका मगरहरूलाई जातीय द्वन्द्वमा उचाल्न प्रयत्न गरेकी थिइन् । पछि उनी २०३६ सलमा रोल्पा पुगिन् । जहाँबाट पछि सिआइए र क्रिश्चियन मिशनरीले माओवादी हिंसा मच्चाउन शुरु गरे ।

तिनै जुलिया चाङ ब्लक २०४६ सालपछि नेपालमा अमेरिकाको तर्फबाट राजदूत बनेर आइन् । आफ्नै प्रयत्नमा आरजुको देउवासँग विवाह गराइदिइन् । यिनै देउवा प्रधानमन्त्री भएको समयमा तथाकथित इसाइ माओवादीले ४० सूत्रीय एजेन्डा संयुक्त जनमोर्चा नेपालको नामबाट पेश गर्ने रअ र क्रिश्चियनका एजेन्ट डा. बाबुराम भट्टराई थिए । स्मरण रहोस्, बाबुरामकी गुरुआमा यलिनरले यता बाबुरामलाई परिचालन गरेकी थिइन् । जुलिया चाङले पाल्पा र रोल्पामा काम गरे जस्तै यलिनरले गोरखाको अमरज्योति उच्च माविमा स्वय्रसेविकाको रुपमा क्रिश्चियन र सिआइएको काम गरेकी थिइन् । त्यही समयमा पुष्पकमल दाहाल प्रचण्ड अमेरिकी परियोजना राप्ति प्रोजेक्टमा काम गर्ने गर्दथे । यता, उपेन्द्र यादव मधेशी जनअधिकार फोरम युरोपियन एनजीओमा काम गर्दथे र पछि त्यही एनजीओलाई पार्टीको नाममा दर्ता गरे । अहिलेको गठबन्धन सरकार सिआइए र क्रिश्चियनका यिनै विजातीय तत्वहरूको गठबन्धन हो ।

दक्षिण कोरियाको युनिफिकेशन चर्चसँग सम्बद्ध माधव नेपाल त्यसै यो गठबन्धनमा पुगेका होइनन् । २०६१ सालमा पुष्पलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा वर्तमान भाकपा माक्र्सवादीका महासचिव सीताराम यचुरी प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष भए र पनि माधव नेपाल अनुपस्थित थिए । यचुरीले उक्त कार्यक्रममा माधवकुमार नेपाल देशी विदेशी ग्य्रान्डडिजाइनमा मदन भण्डारीको हत्यामा सामेल भएको खुलासा गरेका थिए, यसको रकेर्ड छ ।

यो तथाकथित अग्रगामी भनिने गठबन्धन यिनै देशी विदेशी बहुराष्ट्रिय कम्पनीका अपराधीहरूको गठजोड हो । तथापि अहिलेसम्म एमसीसी माओवादीकै कारण रोकिएको हो । मुल रुपमा पछिल्लो चरणमा माओवादीको मुल नेतृत्वले आफूलाई केही न केही रुपमा सच्याउँदै लगेकै हो । तथापि माओवादीको ग्रासरुट भनेको क्रिश्चियन मेशिनरीहरूको अपराधीहरूको झुण्ड हो । यो अवस्थामा हुन लागेको अमेरिकी दक्षिण तथा मध्येएशिया मामिला सहायक विदेशमन्त्रीको नेपाल भ्रमणको उद्देश्य एमसीसी उपाध्यक्ष फातिमा सुमारको भ्रमणको मिशनअनुसार नै हो ।

एमसीसी पत्र प्रकरणले प्रचण्ड स्वयं आफ्नो पार्टीभित्र पनि एक्लिँदै जानेछन् । यदि देउवा र प्रचण्डले यस्तो पत्र पठाएका हुन् भने पनि त्यो पारित हुन सक्दैन । देउवाले हेक्का राख्दा हुन्छ यो ०५३ सालको महाकाली सन्धिको समय होइन । २०७८ साल हो । एमसीसी पारित गर्न खोज्नेहरू लासमात्रै होइन खरानी हुनेछन् । सबैलाई चेतना भया ।