Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी पास हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन् । सरकार गठन भएको दुई वर्षमा गरेका कामबारे शनिबार संसद्लाई जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले सभामुखले संसदमा पेश गर्नासाथ एमसीसी पास हुने बताएका हुन् ।
एमसीसी बारेको विवाद राजनीतिक दलहरुको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । एमसीसीबारे उनकै दल नेकपामा विवाद रहेको छ । जसका कारण नेकपाले एमसीसी अध्ययन कार्यदल नै गठन गरेको छ । तर प्रधानमन्त्री ओलीले भने सरकार एमसीसी पास हुने बताए ।
संसदमा प्रधानमन्त्री ओलीले भने, ‘एमसीसीबारे विवाद होला, अलि(अलि बुझ्न बाँकी होला । राजनीतिक दलहरुको विषय होला । राजनीतिक दलहरुले अध्ययन गर्लान्, यो आफ्नो ठाउँमा छ । तर सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ । सभामुखले निर्णयार्थ पेश गर्नासाथ पास हुन्छ ।’


सम्बन्धित समाचार