Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी बारे प्रचण्डको रहस्य देउवाले खोले

काठमाडौं । अमेरिकी सहयोग एमसीसीका विषयमा सत्तारुढ गठबन्धभित्रै एक मत नभइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको बताएका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत गएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेटेका थिए । बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग एमसीसी कहिलेसम्म पास हुन्छ भनेर चासो पाएको बताए ।
आफूले सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको भन्दै उनले भने, छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर हस्ताक्षर गरेरै पठाएका छौं । देउवाका अनुसार एमसीसीकी डेपुटी सीईओले भने संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर प्रश्न गरेकी थिइन् । त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुँदैन भनेर प्रश्न गरेपछि देउवाले भने, केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो । यसले असर पर्दैन भनेँ ।