Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी बारे बोल्यो चीन

चीनको हवेई युनिभर्सिटी अफ इकोनोम्किस एन्ड विजनेशको नेपाल सेन्टरका निर्देशक प्रा। चाङ सुविङले एमसीसीलाई बीआरआईको काउन्टर बनाए सशक्त प्रतिरोध गर्ने बताएका छन् । चिनियाँहरूले राजनीति भन्दा विज्ञहरूबाट आफ्नो धारणाहरू सार्वजनिक गर्ने गर्दछन् । एसिया इन्ष्टिच्यूट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल रिलेशनले आयोजना गरेको नेपाल, भारत र चीन सहकार्यसम्बन्धी सेमिनारमा एमसीसी चीन विरुद्ध लक्षित रहेको संकेत गर्दै यस प्रकारको अभिव्यक्ति दिएका हुन् । प्राध्यापक सुविङले एमसीसीसम्बन्धमा श्रीलंकाले नेपाललाई उदाहरण पेश गरेको छ भने यसको अर्थ एमसीसी नेपालको हितमा छैन भन्ने नै हो । स्मरण रहोस् श्रीलंकाले मन्त्रिपरिषद् बैठकमार्फत् एमसीसी अस्वीकार गरेको छ । यसैबीच, भारतीय गुप्तचर संस्था रअका प्रमुखले प्रधानमन्त्रीसहित केही नेताहरूलाई अमेरिकी रणनीतिअनुसार भेट गरेपछि उपप्रधानमन्त्रीसहितको चिनियाँ प्रतिनिधिमण्डलले गोप्य रुपमा नेपाल भ्रमण गरेर फर्केको छ । भ्रमणलाई चिनियाँहरूले कतै पनि सार्वजनिक गरेनन् । किनभने नेपालका ठूला सञ्चारगृह, पत्रकार बुद्धिजीविहरू इन्डो अमेरिकी जासुसीका लागि काम गर्ने हुनाले भ्रमण र भेटघाट गोप्य रुपमा गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी रणनीतिमा पार्टी नै विभाजन गर्ने र ०५८ जेठ १९ दरबार हत्याकाण्डको अवस्थामा पु¥याउन उद्यत रहेको अवस्थामा चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसका परिणामहरू भावी दिनेले देखाउने नै छ ।

भारतीय मानार्थ सेना र कथित नेपाली सेना
तथाकथित नाम मात्रको नेपाली नामगरेको तर सारमा इन्डो अमेरिकी सेना नेपालको लागि आवश्यक छैन भन्ने कुरा घटनाक्रमहरूले पुष्टि गर्दै लगेको छ । ढिलै भए पनि अहिले मानार्थ सेनाको बहस आम जनताको तहमा पुगेको छ । ०५८ जेठ १९ को दरबार हत्याकाण्ड भारतको मानार्थ सेना र राष्ट्रसंघको शान्ति सेनाले गरेको थियो । त्यसको उद्देश्य चीनलाई नेपालमा रोक्नु थियो । अहिले पनि रअका प्रमुखको आगमनसँगै मानार्थ सेनाको फुली थाप्न आएका भारतीय सेनाध्यक्ष समय र तालिका मिलाएर अमेरिकी रणनीतिमा नेपालमा चीनलाई कसरी रोक्ने भन्ने मिसनअन्तर्गत नै आएका हुन् ।

दरबार हत्याकाण्डभन्दा पूर्व डिआईजी अशोक श्रेष्ठको नेतृत्वमा रहेको प्रहरीहरूको समूहलाई हत्याकाण्डभन्दा दुई महिना पूर्व नै सेनाले दरबारमा प्रहरी आवश्यक नरहेको भनेर हटाएको थियो । यसको अर्थ वीरेन्द्रको वंश विनास गर्ने षड्यन्त्र प्रहरीले रोक्छ भन्ने बुझेरै भएको कुरा सहजै अन्दाज गर्न सकिन्छ । यसकारण दरबार हत्याकाण्ड चीन रोक्न इन्डो अमेरिकी रणनीतिअन्तर्गत सेनाले नै गरेको हो र अहिले मानार्थ सेनाका लागि भारतीय सेनालाई ल्याउनै पर्ने दबाव सेनाले नै दिएको हो । सडकमा राजनीतिक दलको नेतृत्वलाई दोषी देखाएर वीरेन्द्र मार्ने गिरोहको निर्देशन र दानापानीमा रमाएको आवारा नागरिक अभियन्ता र राष्ट्रवादको खोल ओढेका कारिन्दाहरू देखापरिरहरेका छन् ।

१) ओलीको अमेरिकी कित्ता ः केही समय नक्कली राष्ट्रवादको भ्रम दिएका केपी शर्मा ओली एमसीसीमा अमेरिकी कित्तामा निर्वस्त्र भएर उभिएपछि अमेरिकी रणनीतिअनुसार नै ओली र भारतको सम्बन्ध सुध्रिएको हो । यता तथाकथित सेना, इन्डो प्यासिफिक रणनीतिअन्तर्गत अमेरिकी कित्तामै थियो र छ । विशेष गरेर पछिल्लो चरणमा तमाम कमी कमजोरीका बाबजुद अपमान सहेर पनि पुष्पकमल दाहालले एमसीसीलाई बहसमा लगिदिएपछि ओली तिलमिलाउन पुगे । हुनत पूर्व एमाले पश्चिमी एनजीओ र आईएनजीओको सञ्जाल हो । भनिन्छ पूर्व एमालेका अधिकांश कार्यकर्ताहरू मेरी श्रीमती एनजीका डाइरेक्टरसँग घुम्न गएकी छिन् भनेर गर्व गर्ने गर्दछन् । यस्तो सञ्जाल रहेको एमालेमा मनमोहन अधिकारी बाहेक सबै प्रधानमन्त्री पुष्पकमल दाहालको बुई चढेर भएका हुन् । यति हुँदाहुँदै पनि दाहालले संयमित भएर पछिल्लो चरणमा भूमिका निभाएका छन् । हो उनको विगतको अस्थिर विवादास्पद पृष्ठभूमि आलोच्य छ । अहिले प्रचण्डलाई अपमान गर्ने, उत्तेजित पार्ने र नेकपा विभाजन गराएर २०५८ जेठ १९ को दरबार हत्याकाण्डको अवस्थामा धकेल्न केपी ओली उद्यत रहेका छन् । यही रणनीतिअन्तर्गत वीरेन्द्र र मदन भण्डारी हत्या गरेको केन्द्रलाई सघाइरहेको सहजै अन्दाज गर्न सकिन्छ । दुष्मनको शक्ति आँकनल गरेर नेकपा विभाजन गर्ने ओलीको प्रयासलाई रोक्दै प्रचण्ड मौन रहनु नै उपयुक्त छ ।

२) ओलीको विरोध गरेजस्तो गर्ने प्रहार प्रचण्डमा केन्द्रीत गर्ने, सैनिक हेर्डक्वार्टरसँग नियमति सम्पर्क र उसैको सल्लाहमा चल्ने तथाकथित स्वघोषित राष्ट्रवादी नागरिक अभियन्ताहरू छन् जो दिनमा दर्जनौ युट्युब च्यानलहरूमा छाइरहेका छन् । उनीहरूको काम जनतामा भ्रम छर्ने, एजेन्डामा जनमत बन्न नदिने, सारमा वीरेन्द्र मार्ने गिरोहलाई पुनस्र्थापित गर्ने र हत्यारो सैन्य हेर्डक्वार्टरको षड्यन्त्र ढाकछोप गर्ने । चीन रोक्न चीनको नाम लिने तर काम पश्चिमाका लागि गर्ने । एजेन्डामा समाजलाई प्रवेश गर्न नदिने, भ्रम दिइरहने । यी पनि अन्ततः इन्डो अमेरिकी कित्ताकै मानिस हुन् । कतिपय सत्ता परिवर्तन या व्यवस्था परिवर्तनपछि सत्ता प्राप्त हुने आशा र अभिलासा बोकेर यस्तो कुकर्ममा लागिरहेका छन् ।

३) कुनै समय प्रचण्डलाई मार्न गोली हानेर असफल भएका पात्रहरू अहिले पनि विप्लव समूहभित्र छन् । जो कुनै न कुनै रुपमा वीरेन्द्र र मदन भण्डारी मार्ने सैनिक गिरोहसँग जोडिएका छन् । यिनीहरू पनि अहिले जासुसै जासुसहरूको समूह २१ बामदलभित्र देखिएका छन् । जसको उद्देश्य भारतको विरोध गरेजस्तो गरेर जनतालाई भ्रम दिने र वीरेन्द्र मार्ने केन्द्रको पुनस्र्थापनामा नै केन्द्रीत छन् ।

४) २०५० साल जेठ ३ गते मदन भण्डारी पोखराबाट चीन आउँदा उक्त गाडीबाट ओर्लेर एक जना वाम नेता गोर्खातिर लागेका थिए । केही समयपछि मदन आश्रितको हत्या भएको उक्त घटनाका पात्र पनि २१ वामदलभित्र छन् । जसको केन्द्र नयाँ जनवादको कुरा गर्ने काम इन्डो अमेरिकी मिशन वीरेन्द्र हत्या गर्ने केन्द्रको निर्देशन तामेली गर्नु हो ।

५) यो संविधान भित्रको सात प्रदेश, धर्म निरपेक्षता खारेज गर्नैपर्छ । यसमा दुईमत छैन । हिजो देशमा जातीय, क्षेत्रीय द्वन्द्व सिर्जना गर्न कर्णाली मुक्ति मोर्चादेखि लिम्बुवान, खम्बुवान आदि साम्प्रदायिक एजेन्डा बोकेर देशमा जातीय, क्षेत्रीय हिंसाको विजारोण गर्न हिँडेकाहरू हुन् वा माओवादी हिंसामा सहयोग गर्न युरोपियन चर्चबाट पैसा ल्याएँ भनेर सगर्व भन्दै हिँड्ने चर्च मण्डलीका अध्यक्ष डा। केबी रोकाय लगायतका पात्रहरू सनातन हिन्दू धर्मावलम्बीहरूलाई उत्तेजित बनाएर धार्मिक हिंसा सिर्जना गराउन हिँडिरहेका छन् । यी पनि वरेन्द्र हत्या गर्ने गिरोहकै पात्रहरू हुन् । यिनीहरूको उद्देश्य भनेको नेपाललाई अफगानिस्तानी करणतर्फ धकेलेर राष्ट्रसंघको बहुराष्ट्रिय सेना भिœयाउने नै हो ।

समग्रमा यतिबेला नेपाल अफगानिस्तानी कि कम्बोडियाली मोडल दुई धु्रवमा टकराई रहेको छ । प्रधानमन्त्री ओलीसहित आवारा नागरिक अभियन्ता, ठूला सञ्चारगृह, सेना, भारत र अमेरिका अफगानिस्तानीकरण गर्न उद्यत रहेका छन् । अपवाद पुष्पकमल दाहालसहित नेकपाभित्र र बाहिर रहेका एकथरि कम्बोडियाली मोडलमा देशको राजनीति ल्यान्ड गराउन प्रयत्न गरिरहेको अवस्था छ । यो स्थितिमा प्रचण्डको भूमिका मटियामेट पारेर चीन विरोधी एकल केन्द्र बनाउन कहिले पूर्व माओवादखी एकताका कुरा त कहिले नेकपा विभाजनको प्रयत्न प्रधानमन्त्री ओली र उनको भ्रष्ट माफिया अपराधी गिरोहमार्फत् भइरहेको छ । यो अवस्थामा असली देशभक्त कित्ताले नबहकीकन संयमताका साथ धैर्यतापूर्वक उत्तेजित नबनी परिस्थितिलाई काबुमा राखेर अगाडि बढ्नुपर्ने बाध्यता छ । सबैलाई चेतना भया ।


सम्बन्धित समाचार