Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेको अस्त्रले गरेन काम !

काठमाण्डौ । काँग्रेसको डा. शेखर गगन समूहलाई उचालेर एमालेको समर्थनमा सरकार गठन गर्ने पासा फाल्दा आफ्नो पक्षमा लहर नआए पछि सरकार पक्षकै सांसदले बजेटको विरोध गरेका कारण एमालेले बजेट पास गर्न ध्वनीमत स्वीकार गरेन् । सभामुख आफ्नै पार्टीका उपसभामुखको पार्टी रास्वपा पनि आफ्नै राप्रपा त एमालेको झडकेलो भईहाल्यो । संसद २५५ सांसद उपस्थित थिए । जनमत मतदानमा सहभागी भएन् । एमाले ७७, राप्रपा १४, रास्वपा २१, नमकिपा ११४ हुन्थ्यो । तर एमालेले ध्वनी मतलाई स्वीकारेन् । १०८ जना एमालेको कित्तामा देखियो । सत्तापक्ष १४७ को समर्थन रह्यो ।
संसदीय इतिहासमा बजेटमा ध्वनीमत लत्याएर मत विभाजन गरियो । काँग्रेसलाई प्रमको लोभ देखाएर तत्काल एमाले थन्केन् । एमालेका तेस्रो तहका नेताले काँग्रेसका गगन थापा जस्ता बोलक्कडहरु प्रयोगमा आए । डा. शेखरले चलाएको जागरण अभियानमा महामन्त्री गगन देखा परेनन् । उनी एक्लै कहिले विराटनगर पुगेका छन कहिले नेपालगँज र चितवन पुगेका थिए । संसदमा यीनी किसान, मजदूरको पक्षमा पुगेका छैनन् । गगनको क्रेज पनि एकाएक खस्केको छ । काँग्रेस भित्र गगन र डा. शेखरको समेत यतिबेला सम्वन्ध राम्रो छैन् । बर्तमान सरकारलाई सुद्धिकरणमा ल्याउनु पर्छ भन्ने मत माओवादीमा बढेको छ । भ्रष्टाचारमा डूबेका जर्नादन शर्मा दीनानाथ शर्मासम्मको सम्पत्ति छानविन गर्ने हो भने जनयूद्धको सावाँ व्याज उठाउनेको धोति खुस्कन्छ । अहिलेका मन्त्रीहरुमा उपप्रम नारायणकाजीको क्रेज जति छ त्यो रुपमा हल्ला पिटाउने सुदन किराँतीलाई नागरिक उड्ययानको भ्रष्टले टेरेको छैन भने अमनलाल मोदीलाई कर्मचारीले टेरेनन् । संसदीय गरिमा लत्याएर इतिहासमा बजेटमा मतदान भएको छ । विपक्षीले जनताको सेवा गर्न चाहेनन् । प्रचण्ड सरकारको सवै काम मुठीमा छैनन् । सरकार पक्षका सांसद कति छन त्यो थाहा पाउन एमालेले बजेटमा ध्वनी मतलाई लत्यायो र पत्येक्ष रुपमा सदन भित्र वहुमत जसको छ उसैले सरकार चलाउँछ भन्ने विधिको समर्थन नगर्ने एमाले नै हो । एमालेलाई माओवादी दच्काने समाजवादी भत्काउनु परेको छ । संसदीय गरिमा बचाउनु पर्ने दायित्व थियो भने एमालेकै काँधमा थियो । अर्थमन्त्री महतले जेठ १५ गते रु १७ खर्व ५१ अर्व ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए ।
सरकारले पशुपतिको जलरी काण्डमा केही कैफीयत पाउने विस्वासमा गर्व गृहवाट जलरी निकाल्यो । त्यो सुन एक वर्षमा आधा केजी घटेको हल्ला चल्दा जलरीमा लेखीएका नामले त्यो हल्ला ओझेलमा पर्यो । राज्यश्रोतवाट खर्च गरेको पैसा व्यक्तिगत चन्दा दिदा झै नाम कुदाउने रहर तीनैलाई भयो । जहाँ लाजको पसारो पनि लजायो । पशुपति धर्मशाला काण्ड, नेपाल ट्रष्टको जमीन भाडा काण्डमा मात्र होइन गिरिवन्धु टिस्टेटको जमीन फुकुवा काण्डमा पनि एमालेका केपी जोडिएका छन् ।


सम्बन्धित समाचार