Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो ।
ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बस्नेगरी बोलाइएको बैठकका तीनवटा एजेण्डा तय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पहिलो एजेण्डा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने रहेको छ । त्यस्तै पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकको दोस्रो एजेण्डा छ ।
बैठकको तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ । बुधबार मात्रै एमालेबाट छुट्टिएर नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए ।
नेता नेपालले नयाँ दल गठन गर्दा ३० सांसदसहित ५५ जना केन्द्रीय सदस्य एमालेबाट लगेका थिए । उनीहरु सवैलाई आजको बैठकबाट एमालेले कारवाहीको प्रक्रिया अघि बढाउने तयारी छ ।
प्रक्रिया पुर्याउन आज बैठकले निर्णय गरेर स्पस्टिकरण सोध्छ, त्यसपछि कारवाही हुन्छ’, एमालेका एक स्थायी समिति सदस्यको भनाइ छ । यो कारवाहीमा माधव नेपालको पार्टीमा सनाखत नगरेका तर सो पार्टी नजिक रहेका केही केही संघीय सांसदसहित प्रदेश सांसद समेत पर्ने भएका छन्
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल
२०८३ कार्तिक १०
ताजा नेपाल