Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमाले संसदमा ठूलो दल भएर पनि पार्टी भने नेताहरू अधिकार विहीन भएका कारण पनि एमालेमै बस्ने निर्णय गरेर पार्टीका उपाध्यक्ष, सचिव भएकाहरू तै चुप मै चुपमा बस्न बाध्य छन् । बोलौ केपीको पेलानमा परिन्छ, नबोलौं जिल्ला तहमा नेता कार्यकर्ता उकुसमुकुस छन् । ठूला पार्टी गहकिला कार्यक्रम गहन छलफल एमालेमा हुँदैन । षड्यन्त्र, जालझेल अरुलाई अपमान केपी ओलीको दर्शन र सिद्धान्त हो । ओलीलाई महेश बस्नेत, ऐनबहादुर महरा जस्ता बहादुर छोराको संरक्षण गर्नु छ । तिनको संरक्षण गर्दा युवा संघकी शोभा पाठकमाथि अन्याय होस् वा महरबाट पीडित महिलाको घर बिग्रियोस् जनताको बहुदलीय जनवादलाई टेन्सन भएन । महिला संघ नामको पछ्यौरी त्यहाँ छ तर राजनीतिक डन महेश बस्नेतलाई खबरदारी ती गर्दैनन् ।
एमालेको कारण एकीकृत समाजवादीका माधव नेपाल बेला बखत सन्कन्छन् । उनलाई दया होइन सम्मानको खाँचो छ । दश सिटे पार्टी राष्ट्रिय होइन । तर कोशी, मधेश र सुदूरपश्चिममा सरकार बनाउन आवश्यक संख्या ४, ७ र ६ सिटको मलामी जान एमाले बाध्य छ । राष्ट्रियसभामा पुरानो गठबन्धनका कारण एकीकृत आठ जना एमाले ९ जना सांसद छन् । जहाँ माओवादी १८ सिट पुगेको छ । काँग्रेसको शेखर गुटको कुर्मले गठबन्धन तोडियो । कम्युनिष्ट एक हुने बाटो खुल्यो । तर संघीय संसदमा नेकपा एमाले ७९ (१ निलम्बन) सिट भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पदका लागि दाश भएकै छन । दश वर्ष जनयुद्ध गरेको पार्टीका अध्यक्षलाई त दाश बनाए भने माधव नेपाल के हो र ? भन्ने केपीलाई पर्नु नौलो होइन । ओलीको अहंकार र दमनको शिकार भएका देशभरका कार्यकर्ता उकुसमुकुस भएका छन् । त्यही कारण संस्थापनको उम्मेदवार अधिकांश जिल्लामा पराजित भएका छन् ।
मनमा लागेको कुरा बोल्न नपाउने पार्टीका विषयमा भन्न नपाउने भएकाले प्रतिनिधि परिषद् भेला र बैठकमा सहभागीहरूले सहयात्री दलहरूसँग कार्यगत एकता र सहकार्यमा जोड दिए । अध्यक्ष केपीले विधान मिचे पनि भयो राज्यका कानुन व्याख्या गर्न अदालत जरुरी भएन । ओलीले गिरिबन्धुको लुटमा अदालती व्याख्यामा असहमति जनाए । उनी अदालत भन्दा ठूला, कानुन भन्दा माथि छन् । पार्टीमा त्यही प्रवृत्ति मौलाएको छ । पीडितहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको नेतृत्व लिने गरी तयारी गर्न उक्साएका छन् । विद्यासँग भ्रष्ट शिरोमणि ईश्वर पोखरेल, विष्णु पौडेल जस्ता सज्जन छन् । जो बालुवाटार काण्ड, ओम्नी, हुकाम, थामसेर्कु र नेपाल ट्रष्ट काण्डका सर्बश्रेष्ठ तालुकदार हुन् । एउटा कम्युनिष्ट पार्टी जनताको सेवक बन्नु पर्ने हो । तर जनतालाई दास, कार्यकर्तालाई नोकर बनाउने केपी सिद्धान्त घातक छ । माधव नेपालले बुद्धि बिगारेका कारण उनको पार्टीको जनताको बहुदलीय जनवाद टुहुरो भएको छ । त्यही कारण उनी प्रचण्ड र केपीलाई झुक्याउन सत्तामा पनि बस्ने विपक्षीहरूको रुन्चे बैठकमा पनि जाने गरेका छन् । माधवको पार्टीको दश सिट त्याग्न सकिन्छ । उपेन्द्र यादवलाई मधेशको बादसाह बन्न नदिने, सुदूरपश्चिममा रेशम चौधरीको दादागिरी चम्कन नदिने र कोशीमा डा. शेखर कोइराला मात्न नदिनकै लागि एकीकृतका १७ भाई प्रदेश सांसदको भाउ बढेको हो । कोशीमा ४, मधेशमा ७, सुदूरपश्चिममा ६ जना सांसद माधवका छन् । कर्णाली र लुम्बिनीमा गनिमत छैन । गण्डकी निल छ, बागमतीमा ३ मन्त्री पाएकै छ । यो सबै केपी ओलीका लागि माइनर हुन् । उनले एकीकृत समाजवादीलाई कुनै पनि दिन विभाजनको शिकार बनाइदिने अवस्था छ ।
एमालेभित्र ओलीको जगजगी नियन्त्रण गरी वामपन्थी शक्ति एकताबद्ध गराउने लक्षमा लागेका धेरै नेता छन् । ओलीले पार्टी फुटाएर उनलाई अहिले वाम गठबन्धन खडा भयो । तर यो गठबन्धन टुटाउन पनि उनले सक्छन् । किनकि सहकारीका ठगलाई ओलीकै कारण बचाइएको हो । रविको पार्टी नभए पनि कुरा मिलाए रेशममा ४, जनमतका ६, लोसापका ४ गरी १४ जना सांसद छन् । १३८ पु¥याउन एमाले ७८, माओवादी ३२, एकीकृत समाजवादी १०, जसपा ७ जोड्दा १४१ पुग्छ । ठूलालाई भन्दा सनालाई लैजाने काम गर्ने मेलोमेसो हुन्थ्यो भने जनमत र नागरिक उन्मुक्तिको चंगाचेट हुने थियो । रास्वपा जतिसुकै फुर्ति लगाएर प्रहरीको छानविन बन्द गराए पनि त्यो पार्टीका अध्यक्ष जनताका शत्रुका रूपमा दरिएका छन् । रविको जेल बस्ने दिन टाढा छैन भन्ने कुरा वर्तमान राजनीतिले देखाएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल