Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आफूलाई क्विन्टल र अरुलाई पाउको संज्ञा दिएको एमाले चुनावी परिणामपछि निकै सोचविचारपूर्ण अवस्थामा पुगेको छ । नेकपा एमालेलाई स्थानीय चुनावमा धक्का लागेको छ । उसले महत्वपूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गुमाएको छ । बहुदलीय व्यवस्था पछि एमालेले जित्दै आएको नगरपालिका समेत गुमाएको छ । एमालेले बुटवल उपमहानगरपालिका गुमाएको छ । बुटवल एमालेको गढ मानिन्छ । गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज भण्डारीले एमालेका बाबुराम भट्टराईलाई साँढे ७ हजार मतान्तरले पराजित गरेका हुन् ।
एमालेले काभ्रेको पनौती नगरपालिकामा पनि पराजय व्यहोरेको छ । पनौती एमालेको गढ मानिन्छ । त्यहाँ काँग्रेसका उम्मेदवार विजयी भएका छन् । हेटौंडामा पनि एमाले पराजित भएको छ । त्यहाँ एमालेबाट फुटेको नेकपा एसकी मीनाकुमारी लामा मेयरमा विजयी भएकी छिन् । मकवानपुर जिल्ला नै एमालेको गढ हो । त्यहाँ एमालेले धेरै पालिका गुमाएको छ ।
अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा एमालेले देशका कुनैपनि महानगरपालिका नजित्ने अवस्था देखिएको छ । एमालेले आशा गरेको काठमाडौं महानगरपालिकामा बालेन साह ठूलो मतान्तरका साथ अगाडि छन् । पोखरामा पनि नेकपा एसका धनराज आचार्य मतान्तरसहित अगाडि छन् । भरतपुरमा रेनु दाहाल जीतको नजिक छन् । २०७४ को स्थानीय चुनावमा एमालेले २ महानगरपालिका जितेको थियो । यसपटक सून्य अवस्थामा पुग्ने देखिदैछ ।
उपमहानगरपालिकामा एमालेले घोराही जितेको छ । तुलसीपुरमा कडा टक्कर छ । कलैयामा पनि एमाले जितेको छ । बाँकी उपमहानगरपालिकाहरु एमालेले गुमाइसकेको र गुमाउने अवस्था छ । देशका महत्वपूर्ण नगरपालिकामध्ये दमक, मध्यपुर ठिमी, किर्तिपुरलगायतमा पनि एमाले पराजित भएको छ ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल