Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले छान्यो राष्ट्रपति र सभामुख

अब मन्त्री बन्ने पालो यिनीहरूको

काठमाडौं । सरकारले आज विश्वासको मत लिँदैछ । राजनीतिक दलहरू हिजोदेखि संसदमा केन्द्रीत भएका छन् । संसदको अधिवेशन शुरु भएपछि सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति को चयन हुने कानुनी प्रावधान छ । यस पटक माओवादी केन्द्रका प्रधानमन्त्री एमालेका राष्ट्रपति र सभामुख भागवण्डामा परेका छन् । एमालेले सभामुखका लागि छविलाल विश्वकर्मालाई अगाडि सार्दैछ भने राष्ट्रपतिमा डोरमणि पौडेलको नाम चर्चामा ल्याइएको छ । पौडेल राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । चुनाव हारेर पनि राष्ट्रपति पदको आशा राखेका ईश्वर पोखरेललाई रक्षा मन्त्री भएको समयमा सेनासँग कुरा नमिल्दा यस पटक राष्ट्रपति पद प्राप्त हुने अवस्था कमजोर बनेको एमाले नेताहरू बताउँछन् । पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेशका सभामुख र मुख्यमन्त्रीको भावण्डा गरिसकेका छन् । आज संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिनासाथ मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढ्ने भएको छ । २२ वटा मन्त्रालयमा २२ जना मन्त्री बनाउने कानुनी प्रावधानलाई नतोड्ने दाबी गरिए पनि सत्ता साझेदार दलहरूको आकांक्षा पूरा गर्न वर्तमान सरकारले पनि मन्त्रालय फुटाउने हो कि भन्ने शंका बढेको छ । अहिले सरकारमा एमाले, माओवादी, रास्वपा र जनमत पार्टी रहेका छन् । जसपा, नागरिक उन्मुक्ति र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री भने पठाउने अवस्था देखिँदैन । माओवादीबाट मन्त्रीका लागि रेखा शर्मा, सुदन किराँती, अमनलाल मोदी, रूपा चौधरी र महेन्द्र यादवको नाम छनोट गरिएको छ भने एमालेले यसअघि पठाएका तीन विभागीय मन्त्रीहरू राजेन्द्र राई, हेमन्त भण्डारी, ज्वाला शाह बाहेक ठाकुर गैरे, महेश बर्तौला, पदम गिरी र प्रेमलाल महर्जनको नाम चर्चामा ल्याएको छ । रास्वपाले भने स्वास्थ्य मन्त्रालयको दाबी गर्दा डा. तोषिमा कार्की र चन्दा कार्कीबीच प्रतिस्पर्धा चलेको छ । जनमत पार्टीले विना विभागीय मन्त्रीलाई उद्योग बाणिज्य तथा आपूर्ति या कृषि मन्त्रीमा लैजाने अडान राखेको छ ।