Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेले बोलायो स्थायी र केन्द्रिय कमिटी बैठक

काठमाडौं। नेकपा एमालेले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । सोमबार नै केन्द्रीय कमिटी बैठकसमेत डाकिएको उनको भनाई रहेको छ । दुबै बैठक तुलसीलाल स्मृति भवनमा बस्ने छन् । यसअधि आजका लागि बैठक पार्टी एकता पहलका लागि भन्दै भोलिका लागि सारिएको उनको भनाई छ । यही साउन २१ र २२ गते वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी सम्पन्न भएको थियो । बैठकले एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकालेको थियो । साथै, अध्यक्ष केपी शर्मा ओलीलाई एकताविरोधी गतिविधि रोक्न आग्रह गरेको थियो । नेपाल पक्षले आजको लागि बोलाईएको केन्द्रीय कमिटी बैठकसमेत स्थगित् गर्न भनेको थियो । नभन्दै ओली पक्षले आजको लागि बोलाएको केन्द्रीय कमिटी बैठक सोमबारको लागि डाकेको छ । ओली पक्षले यसअघि भोलिको बैठक कुनैपनि हालतमा नरोकिने बताएको थियो ।