Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले अध्यक्षमाथि कारबाहीको माग, प्रहरीले के लिन्थ्यो उजुरी ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ । अध्यक्ष ओली कोरोना भाइरस संक्रमित भएको बेलामा आइसोलेसनमा बस्नुपर्ने समयमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि आलोचना भइरहेकोे थियो ।
अध्यक्ष ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता गर्न अस्वीकार गरेको छ । संक्रामक रोग ऐनविपरीत संक्रमित रहेको अवस्थामै सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आइतबार निवेदन दर्ताका लागि लगिएको थियो । तर, प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेस गरेको निवेदन दर्ता अस्वीकार गरिएको हो । दर्ता अस्वीकार गरेकाले सोमबार पनि दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय जाने अधिकारीले बताए ।
उनले भने, ‘सीडीओ कार्यालयले दर्ता गर्न मानेन । बिहान ११ बजे गएका थियौं । दर्ता गर्न आनाकानी गरे । दिनभर बस्दा पनि गरेनन् । अब आज पनि जान्छौं । भक्तपुरको बालकोटमा बस्दै आएका ओली बालकोटमै गत बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । गत ८ माघमा कोराना संक्रमित भएको रिपोर्ट आएको थियो । तर, अध्यक्ष ओली १२ माघमा एमाले निकटको राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भए ।