Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पदाधिकारी बन्ने चुनावमा आफ्नो निर्वाचन क्षेत्र बोहक अरु क्षेत्रमा समय नदिएका एमाले पदािधकारीहरूको बहुमत अध्यक्ष केपी ओलीको अगाडि गुन्द्रुुकको सिन्की र उसिनेको कर्कलाको डाँठ सावित भएका छन् । एमाले, ओमाले, बामाले चरित्रबाट ग्रस्त विष्णु पौडेलको राज्य लूट, पृथ्वी सुब्बाको अशोक राईसँग हजम गरेको डलर, योगेश भट्टराईले पाँथीभरा केबुलकारको नाउमा हजम गरेको पैसासँग तुलना नगरे हुन्छ । रघुजी पन्त, रघुवीर महासैठहरूको हाउगुजीले ओलीका प्रवचन ग्रहण गर्न उचित ठान्ने गोकर्ण विष्ट र खटाएको काम गर्ने प्रदीप ज्ञवालीको हकमा बामाले सिद्धान्तै उचित भएको छ । चुनावमा टिकट वितरण गर्दा अध्यक्षले एकलौटी गरेको कारण नै एमाले पराजित भएको निश्कर्ष निकाल्ने हो भने आफूले टिकट पाएपछि अरुको बारेमा चासो नदिने स्वार्थी चरित्रको भण्डाफोर गर्ने दायित्व अध्यक्ष ओलीकै काँधमा आइ लागेको छ । ओलीको देवत्व करण गरेर हिजो ५ पटक अर्थमन्त्री हुने विष्णु पौडेल र शंकर पोखरेलले गरेको कमाई माथि ओलीका औलाले निशाना बनाएकै थियो । ओलीको एकलौटीमाथि घनश्यामले टिकट पाएनन् । बढी निहुँ खोज्दा घनश्याम बन्ने अवस्था आएपछि योगेश भट्टराई थचारिएका थिए । उनलाई ०७९ को चुनावमा बालेको कुरा ओलीले पूरा गरे मन्त्री बनाए । भट्टराईले पर्यटनमन्त्री बन्दा कमाए । तर उनलाई पुगेन । अब बामाले ओमाले हुँदै उनीहरू एमाले बन्न बाध्य भएका छन् । देवत्वकरण गरेर फाइदा लिने ऐन महर, शेरधन राई, महेश बस्नेतसँग जोडिएका महिला कार्यकर्ता धामी, खड्का र पाठकहरूले बेलाबखत पौरखीहरूको धतुरो झार्दा केपी ओलीलाई काउकुती लाग्दो हो । तर उनले दाश र हनुमानहरूमाथि हुने सम्भावित कारबाही रोक्नु कानुनी राज्यको धज्जी उडाउनु हो । माधवको टिमलाई खेदेर रमाइलो गर्ने शंकर र विष्णुहरू ओइलाएको देख्दा पनि अस्तित्व बचेन । अध्यक्ष ओलीको मुखैमा कानुन छ । पार्टी नीति बहुदलीय जनवाद भए पनि व्याख्या गर्दा आफ्नै स्वार्थ तलमाथि हुन नदिने घनचक्कर यहाँ बज्रियो । आफूले खेदका प्रचण्डलाई वामपन्थी एकताको नाउमा २०८४ को स्थानीय चुनाव र प्रदेशको चुनावमा एक ठाउँमा उभ्याउने तयारीको विरुद्ध ती पनि जान सक्ने अवस्था भएन । ओली र प्रचण्डलाई पार्टी सत्ता त्याग्ने मन छैन । मौका परे र मिलेसम्म अझै पनि देशको शासक बन्ने रहर तिनमा छ । अब पनि २३ भाद्र २०८२ जनताले बिर्सेको ठानेर ओली चुनावमा जाँदा मन पाउने आश गर्दैछन् । जसका विरुद्ध आफ्नै पार्टीमा बहुमत नेता कार्यकर्ता खडा छन् भन्ने जानेर नै ओलीले निर्वाचन पराजयको रिपोर्टमा समेटिएको नैतिकता भन्ने शब्द सुन्न चाहेनन् । उनले लत्याएको प्रतिवेदन पदाधिकारी नभएका प्रदीप ज्ञवालीमार्फन् पुनरलेखन गरियो तर केन्द्रीय कमिटीको बैठकमा खुल्ला बहस हुन नदिए पनि ओलीको एमाले, बामाले बनेर टिकेको छ । केन्द्रीय समितिमा आफू बहुमत बनेर दलाल र हनुमानहरूको बर्चश्व राखेकै कारण सचिवालयमा अल्पमतमा परे पनि अध्यक्ष ओली कतै टसमस भएनन् । ओलीको एमालेमा कुनै एजेन्डामा बहस हुँदैन । विचारमा भिन्नता आए देखिन्छ । नीति र सिद्धान्त त एमालेका लागि चिन्ता र चासोको विषय हुँदैन । एमालेमा कार्यक्रमको चिन्ता छैन । नीति र योजनाका बारेमा चासो छैन । वामपन्थी शक्तिलाई भत्काउन अदालत प्रयोग गर्ने संसद भत्काउने केपी आलीलाई अगाडि सारेर अबको बामालेलाई जनताले ठूलो दल बनाउनुपर्छ भन्ने छैन । किनकि एमालेले चलाएका स्थानीय तह भ्रष्टाचारका खानी बनाइएका छन् । एनजीओ र आइएनजीओबाट राजनीति धानेका बामालेहरूलाई अब जनतामा जाने आधार छैन ।
२०८३ आश्विन १५
ताजा नेपाल
२०८३ आश्विन १५
ताजा नेपाल
२०८३ आश्विन १४
ताजा नेपाल