Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन र सत्ता साझेदारीका विषयमा तीनबुँदे सहमति भएको छ। सहमतिअनुसार दुवै दलले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि उपस्थित थिए।
सहमतिअनुसार कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने भएको छ।
त्यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिमा उल्लेख छ।
दुवै दलले पछिल्लो समय प्रदेश सभामा देखिएको बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले सहमति गरिएको बताएका छन्।
साझा विज्ञप्तिमा प्रदेश सरकारलाई थप प्रभावकारी र स्थिर बनाउँदै जनअपेक्षाअनुसार विकास र सेवा प्रवाहलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
२०८३ श्रावण १०
ताजा नेपाल
२०८३ श्रावण १०
ताजा नेपाल
२०८३ श्रावण १०
ताजा नेपाल