Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले भत्काउन सफल भए पोखरेल !

काठमाण्डौ । कलहले राजनीतिमा अस्थिरता निम्त्याउँछ । तर यतिखेर दलहरू पद र स्वार्थको निम्ति लडिरहेका छन् । देश कारोना माहामारीले ग्रस्त छ । अस्पतालमा उपचार नपाएर जनता मरिरहेका छन् । सरकार भने आफ्नै धन्दा चलाइरहेको छ । भत्केको ठाउँमा टाल्न खटेका एमालेका दोस्रो पुस्ताका नेताहरू वादशाहका अगाडि शिर निहुराएका छन् । तर पार्टी एकताको विरुद्ध लागेको ईश्वर पोखरेलहरूको अहङ्कार भने घटेको छैन । माओवादीका ८ जना नेताहरू अलपत्र परिरहेको बेला ८,७८७ मतले डाक्टर प्रकाशशरण महतलाई पराजित गरेका पोखरेल भने जसको सहयोगले चुनाव जित्यो । उसैकाविरुद्ध खटेर प्रम ओलीको चाकडी गर्दा पनि निरन्तर मन्त्री पदमा रहन सकेनन् ।
उपप्रम तथा रक्षामन्त्री हुँदा सेनासँग मिल्न नसक्दा उनको पद ३ वर्ष ३ महिनामा खोसियो । उनले कारोनाको बेलामा समेत औषधि खरीदमा राम्रै कुम्ल्याए । सेनाले बनाएको फास्टट्रयाकमा परामर्शदाता नियुक्ति गर्दा ओम्नी समुहलाई अगाडि सारेपछि सेना उनीसँग रिसाए । यही मौकामा उनको रक्षा मन्त्री पद गयो । औषधि किन्दा ६ अर्व चुना लागेको कुरा संसदको सार्वजनिक लेखा समितिले पत्ता लगाएपछि ईश्वरको स्वच्छता उदाङ्गो भयो । यिनले आफ्नो निम्ति राम्रो–नराम्रो सबै गरे तर पार्टी एकता भने हुन दिएनन् । स्वार्थका निम्ति यिनलाई शुवास नेवाङ्गले प्रम ओलीलाई रामै प्रयोग गरे । त्यो बेला पोखरेलको पद खोसियो उनले सिफारिस गरेर सांसदका उमेद्वार बनाएका दिपक मनाङे, अमिर गरुङ, किसन श्रेष्ठको चरित्र एउटै हो । उनीहरूले सांसदको टिकट किनेका थिए ।
सत्ता पाएपछि विवादरहित काम गर्न नसक्ने पोखरेल कुनै बेला आपुर्ति मन्त्री हुँदा इन्धनको मुल्य बढाउन नपाए सिंहदरबारमा पासो लगाउने धम्की दिँदा विद्यार्थीहरुले उनलाई डोरी उपहार पठाएका थिए । त्यो अखिल एमालेको थियो । भष्ट्राचार काण्डमा जहाँ पनि जोडिने पोखरेलको समयमा नेपाल ट्रस्टको जग्गा थामसेर्कु र यति एयर कम्पनिलाई सुम्पँदा कम विवाद भएको थिएन । उनै पोखरेल यतिखेर विखण्डनको अवस्थामा पुगेको नेकपा एमालेलाई विवाद मिलाउन भन्दा भत्काउन सक्रिय छन् । तर पनि पार्टी अध्यक्ष केपी ओलीले उनका कमजोरीलाई लुकाएका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल