Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले महाधिबेसन एमालेका १८ पदाधिकारी को कताओली की पोखरेल

काठमाडौं । नेकपा एमालेका १८ पदाधिकारीमध्ये १२ जना केपी शर्मा ओली पक्षमा खुल्दा ६ जना मात्र ईश्वर पोखरेलको समूहमा देखिएका छन् । एमालेका एक सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निलम्बनमा छन् ।

मंसिर २७ गतेबाट सुरु हुने एमालेको ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यालनसहित प्रतिस्पर्धाको तयारी गरिरहेका छन् । यही तयारी अनुसार हाल एमालेमा रहेका १८ पदाधिकारीमध्ये ओली पक्षमा १२ जना र पोखरेल पक्षमा ६ जना खुलेका हुन् ।

महाधिवेशनमा उम्मेदवारी दिँदा दुवै पक्षले आ आफ्नो तर्फको प्यानल बनाएरै दिने भित्री होमवर्क गरिरहेको एमाले नेताहरु बताउँछन् ।

तर उनीहरु एकअर्का समूहमा रहेकाहरुको नाम हेरर मात्र अन्तिम समयमा मात्रै प्यानल सार्वजनिक गर्ने रणनीतिमा देखिन्छन् । अहिले नै प्यानल सार्वजनिक गर्दा विपक्षीले रणनीति बदल्ने भएकाले अध्यक्ष बाहेकको प्यानल अन्तिम समयमा घोषणा गर्न लागिएको दुवै समूहका नेताहरु बताउँछन् ।

महाधिवेशन मिति नजिकिँदै गर्दा तीन उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र गुरुप्रसाद बराल ओलीको पक्षमा खुलेका हुन् । त्यस्तै महासचिव शंकर पोखरेल सहित तीनैजना उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ पनि ओली पक्षमै खुलेका छन् । ६ सचिवहरुमध्ये चार जना लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल पनि ओली पक्षमा खुलेका छन् ।

ओलीको पक्षमा खुलेका नेताहरु अहिलेको विषम परिस्थितिमा ओलीको विकल्प खोज्न नहुने बताउँदै ओलीलाई सहयोग गर्ने सार्वजनिक रुपमै घोषणा गरिरहेका छन् । उनीहरु दैनिकजसो एमाले निकट प्रेस चौतारीको कार्यालय पुगेर ओलीको पक्षमा रहेको भन्दै कित्ताकाट गरिरहेका छन् । अहिलेसम्म रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल लगायत नेताहरुले प्रेस चौतारीमार्फत कित्ताकाट गरिसकेका छन् । त्यस्तै प्रदीप ज्ञवाली, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा लगायतले पनि विभिन्न फोरमहरुमार्फत ओलीलाई साथ दिने घोषणा गरिरहेका छन् ।

यी हुन् ओली र पोखरेल समूहमा खुलेका वर्तमान पदाधिकारीहरु ओली पक्ष

ओली पक्ष

१  केपी शर्मा ओली
२  रामबहादुर थापा
३  विष्णुप्रसाद पौडेल
४  गुरुप्रसाद बराल
५  शंकर पोखरेल
६  प्रदीप ज्ञवाली
७  विष्णु रिमाल
८  पृथ्वीसुब्बा गुरुङ
९  लेखराज भट्ट
१०  छविलाल विश्वकर्मा
११  रघुवीर महासेठ
१२  पद्मा अर्याल

पोखरेल पक्ष

१  ईश्वर पोखरेल
२  युवराज ज्ञवाली
३  अष्टलक्ष्मी शाक्य
४  सुरेन्द्र पाण्डे
५  गोकर्ण विष्ट
६  योगेश भट्टराई

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तीनजना उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी र सुरेन्द्र पाण्डेले साथ दिने भएका छन् । त्यस्तै सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई पनि पोखरेललाई साथ दिँदै सोही समूहबाट महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।

मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा एमालेको महाधिवेशन उद्घाटन गरेर २८ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र हुनेछ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन रहने बताइएको छ । यद्यपि भण्डारी एमालेको सदस्य समेत नभएकाले उनी पक्षधरले पोखरेलको समूहलाई मत दिएर समर्थन गर्ने तयारी गरेका छन् । ओलीले तेस्रो कार्यकाल अध्यक्ष बन्ने चाहना राखेसँगै पोखरेलले ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एमालेको विद्या भण्डारी समूह र विगतमा नेकपाकालको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरुले ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका थिए । उनीहरुले जेनजी आन्दोलनको भावना अनुसार पार्टी रुपान्तरणको मुद्दा समेत अघि सार्दै आएका छन् ।

त्यति मात्रै होइन, ओली नै प्रधानमन्त्री भएको बेला घटेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने पक्षमा छन् । तर ओली उक्त घटनाको अझैसम्म पनि जिम्मेवारी लिन चाहिरहेका छैनन् । बरु ओली जेनजी आन्दोलनलाई विदेशी षड्यन्त्रको रुपमा व्याख्या गरिरहेका छन् ।

 

 

 


सम्बन्धित समाचार

विद्यालाई खेदेको फल पकाउँदै एमाले

२०८३ बैशाख १२

ताजा नेपाल

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल