Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी एकतालाई थप मजबुत बनाउने सन्देशसहित सम्पन्न भएको छ। चार दिनसम्म चलेको बैठकमा पार्टी संगठन, आन्तरिक व्यवस्थापन तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको नेताहरूले बताएका छन्।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सचिवालय सदस्यहरूले बैठकमा आफ्नो धारणा राख्दै पार्टीभित्र देखिएका चुनौती र तिनको समाधानका उपायबारे गम्भीर समीक्षा गरेका थिए। उनले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दाबी गरे।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकता, अनुशासन र सहकार्यलाई प्राथमिकतामा राख्दै सबै नेता–कार्यकर्तालाई साझा लक्ष्यका साथ अघि बढ्न निर्देशन दिएका थिए।
सचिवालय बैठकले असार दोस्रो सातामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ। अध्यक्ष र महासचिवको परामर्शमा बैठकको मिति तय गरिने जनाइएको छ।
त्यस्तै, पार्टीको निर्वाचन गतिविधि, संगठन विस्तार तथा पुनर्गठन प्रक्रियाको समीक्षा गर्दै आवश्यक सुधारका सुझाव दिन रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा विशेष समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
एमाले नेतृत्वले बैठकबाट पार्टीभित्र एकता कायम रहेको सन्देश प्रवाह भएको र आगामी दिनमा संगठनलाई थप सुदृढ बनाउने निष्कर्ष निकालिएको जनाएको छ।
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल
२०८३ जेष्ठ ११
ताजा नेपाल