Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । चिनीया नागरिक सुन तस्करीमा सहभागी भएको वेला यति एयरको भातृ कम्पनी हिमालयन एयरले त्रिभूवन विमान स्थलको अन्र्तराष्ट्रिय टर्मिनल भित्र गोदाम कसरी पायो रु कतै हिमालयन एयर पनि यो प्रकरणमा सहभागी त छैन रु तत्कालिन सरकारका प्रधानमन्त्री केपी ओली नागरिक उड्यान एवं सस्कृति मन्त्रीहरू भानुभक्त ढकाल र योगेश भट्टराई थापना मात्रै थिए तर एयरपोर्ट सुधारका कार्यक्रम थिएनन् । हिमालयन एयरलाई चीनले आफ्नो देशका कुनै पनि एयरपोर्टबाट उडान स्वीकृत दिएको थिएन् । त्यो बेला केपी ओलीले नेपाल वायु सेवा निगमको जाहाजलाई भन्दा हिमालयन एयर प्रयोग गरेर भारत र चीनको भ्रमणमा वायुसेवा निगमको जाहाज प्रयोग नगर्दा अनेक प्रश्न उठेका थिए ।
त्यही वेला केपी ओलीको आदेशमा वायुसेवा निगमले गर्दै आएको कार्गो चार्टर हिमालयनलाई दिलाएको थियो । नेपालको एयरपोर्टमा विदेशी विमान कम्पनीका जाहाज आउ जाउ गर्छन् । तर एयरपोर्टमा हिमालयन एयरले गोदाम पाउँछ अरु कम्पनीका जाहाजले सम्पर्क कार्यालय समेत पाएका छैनन् । यसबारे बुझ्न विमानस्थलका महाप्रबन्धकसँग टेलिफोन सम्पर्क गर्दा सम्पर्क भएन । हिमालयन एयरले भिœयाएका सामान त्यही गोदाममा राख्छन् । भन्सार विभागले समेत हिमालयनको सामानमा निगरानी गर्दैन् । भन्सार छलेर हिमालयनले भिœयाएका सामान एति एयरको गाडीमा लोड गरेर तिलगंगास्थित कार्यालयमा पु¥याइन्छ । ती सामान के हुन कसैलाई चासो छैन् । कुनै वेला एयरपोर्टका सुरक्षा प्रमुख रहँदा श्याम ज्ञवालीले हिमालयन एयरले भन्सार छलेर लगेका सामानको गाडी एयरपोर्ट भित्रै पक्रेका थिए । चित्त बुझेपछि देशको सम्पत्ति तस्कर माफीयालाई सुम्पेर आँफू कम्ल्याउने केपी ओलीको सम्वुद्धि र विकासमा थामसेर्कु, ओम्नी, गिरीवन्धुको मात्र होइन हिमालयन एयरको लापरवाहीमाथि समेत सरकारले चासो दिएको छैन् । नागरिक उड्यायन र संस्कृतिको क्षेत्रमा भएका लुटपाटमाथि विभागीय मन्त्री सुदन किराँतीले कसरी लिन्छन् एयरपोर्टको यो भद्रगोल भन्सार छल्ने हिमालयन एयरको चलाखी तर्फ अनुगमन गर्नु जरुरी छ । भन्सार छलेर भिœयाईएको ६० केजी सुन काण्डमा मोटर साइकलको व्रेक सु को प्रयोग कम्युटर पार्टसका नाउमा होस वा मोवाइल फोनको खोल प्रयोग गरेका चिनीया तस्करहरूले भेप काण्ड समेत चलाएको एयरपोर्टमा हिमालयनको दादागिरी नियन्त्रण जरुरी छ ।
ओली सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले वायु सेवा निगमको सम्पत्ति हिमालयन एयरलाई सुम्पने तयारी पनि गरेकै हुन् । निगमको ८ अर्वको सम्पत्तिबाट ४० प्रतिशत शेयर राखेर हिमालयन एयरलाई ६० प्रतिशत शेयर बनाएर हजम गर्ने तयारी गर्दा गर्दै ओली सरकारलाई सर्वोच्च अदालतले अपदस्थ गरेको थियो । राष्ट्रिय ध्वजा वाहक कम्पनीको संरक्षण गर्ने दायित्व त्यहीको व्यवस्थापनको हो । तर कार्यकारी अध्यक्ष समेत भएका युवराज अधिकारीको काम भनेको मन्त्रीलाई फुक्र्याएर आफै लुटमा छ । निगमको संस्थागत सुधार छैन् । एयरपोर्टमा हिमालयनको दादागिरीले तस्करी चम्केको छ । त्यो एयरले चीन आउ जाउ गर्दा ल्याउने लैजाने सामानमा भन्सारले निगरानी गरेको छैन् । आफ्नै ढंगले सामान ल्याउने–लैजाने छुट हिमालयनलाई केपी ओलीले दिलाएका हुन् । केपीको सम्वृद्धि र विकास हिमालयनको तस्करी त होइन शंका छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल