Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एलजी नेपालको आधिकारीक वेवसाइट सार्वजनिक

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले एलजी नेपालको आधिकारीक वेवसाइट www.lgnepal.com सार्वजनिक गरेको छ । यो वेबसाइटमार्फत उपभोक्ताले एलजीको घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाईटमा उपभोक्ताहरुले मूल्य, विशेषता, वारेन्टी र कम्पनीले दिने छुटको बारेमा जानकारी पाउन सक्नेछन् । एलजीको कुनै पनि नयाँ उत्पादन आएको र सोको विशेषता यस वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । एल।जी। को उत्पादनहरुमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाइटबाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहक वर्गहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल।जी।का उत्पादनहरु बुक पनि गर्न सकिनेछ ।
यस वेबसाइटले एलजीका सबै उत्पादनहरु जस्तै एलईडि टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एसी, एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्दछ ।

उपभोक्ताहरुले आफ्नो नजिकैको एल।जी। को शोरुम पनि यस वेबसाईटमा रहेको स्टोर लोकेटर मार्फत सजिलै पत्ता लगाउन र सम्पर्क गर्न सक्नेछन् । अन्य पनि धेरै विशेषताको साथ उपभोक्ताहरुको जिवनशैली सरल बनाउने लक्ष्यका साथ एल।जी। नेपाल डट कम वेबसाइट कम्पनिले ल्याएको र यसले एल।जी।का ग्राहक वर्गलाई अझ धेरै सुविधा प्राप्त हुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।