Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एशियन हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने समय थपेको छ ।
यसअघि फागुन २ गते अन्तिम मिति रहेकोमा हिजो सोमबार जनयुद्ध दिवसको सार्वजनिक बिदा भएका कारण फागुन ३ गते बुधबारसम्म आईपीओ निष्काशन खुला रहने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।
जारी पुँजी रू ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने रू आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता साधारण शेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।
त्यस्तै १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी छ लाख ९७ हजार दुई सय कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको कम्पनीले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ६७ हजार ७ सयले १०–१० कित्ताका दरले पाउने छन् ।
कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल