Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार क्रिकेट प्रतियोगितामा नेपालले आज (आइतबार) आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले समूह चरणको दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्न लागेको हो।
नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ। पहिलो खेलमा पराजय बेहोरेको नेपाल आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०७ रनको फराकिलो हार बेहोरेको थियो। भारतले दिएको ३३४ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा मात्र २६ रनमा समेटिएको थियो।
समूह ‘बी’ मा नेपालसँगै भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्। यस समूहको अर्को खेलमा आजै भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दैछन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
नेपालका लागि यूएईविरुद्धको खेल प्रतियोगितामा आफ्नो स्थिति सुधार गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।
२०८३ मंसिर ७
ताजा नेपाल
२०८३ मंसिर ७
ताजा नेपाल
२०८३ मंसिर ७
ताजा नेपाल