Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीका गुरुले देउवालाई टेरेनन्

काठमाडौं। सरकारले जिम्मेवार पदमा नियुक्त गरेका व्यक्ति सामाजिक सञ्जालमा अराजक भएर प्रस्तुत हुनु कति सोभानिय विषय होला ? एउटा सामान्य मानिसले पनि गर्न नसक्ने गाली गलौज गरेर सामाजिक सञ्जालमा चर्चामा आएका नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो । भट्टराईले सोमवार पत्रकार सम्मेलन गर्दै स्पष्टीकरण नदिने उद्घोष गरेका हुन् । शून्य अवस्थामा रहेको रेलवे कम्पनीलाई सञ्चालन उन्मुख गराएको भन्दै उनले सरकारले सोधेको स्पष्टीकरण नदिने बरु राजीनामा दिने मनस्थिति बनाएका छन् । राजनीतिक स्पष्टीकरण सोधिएको भन्दै उनले आफू सरकारकै कर्मचारी भएकाले स्पष्टीकरण दिन नमिल्ने जिकिर गरे । सरकारले आफूलाई पदबाट हटाउन स्पष्टीकरणको बहाना बनाएको प्रतिक्रिया उनले दिए । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई आइतवार ३ दिनभित्र स्पष्टीकरण दिन भन्दै पत्राचार गरेको थियो । सोहीअनुसार उनले मंगलवार स्पष्टीकरण दिनुपर्नेमा सोमवार नै पत्रकार सम्मेलन गरी स्पष्टीकरण नदिने बताएका छन् ।