Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको बहिर्गमनमा माधव निर्णायक

काठमाडौं। एमाले अध्यक्ष तथा केपी शर्मा ओलीको पेलाईमा परेका माधव नेपाल लपक्कै एमालेमा मिल्न सक्ने अवस्था पनि छैन । ओलीको जालझेलको शिकार बन्दै आएका नेपाल कसरी पार्टी एकतामा जाने भन्ने अन्योलमै छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निर्णाय शक्तिका रुपमा सत्ता राजनीतिमा देखिएका छन् । उनकै भूमिकाले एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट आज हट्ने परिस्थित बनेको हो । अबका दिनमा पनि सत्ता राजनीतिमा नेपालले निर्णायक शक्ति बन्ने देखिएको छ । नेपालले ओलीविरोधी गठबन्धनमा आफू पक्षीय २६ सांसदको हस्ताक्षर लिएर जाँदा शेरबहादुर देउवाको बहुमत दाबी पुग्यो । अदालतले यसलाई नै सदर गरेर आदेश जारी गर्यो । अदालतमा रिट जारी गर्दा पनि नेपाल खेमाका २३ सांसद पनि थिए । अब नेपालले आफू गठबन्धनमा नरहने जवाफ दिइसकेका छन् । यसको अर्थ उनी नेकपा एमालेभित्रै संघर्ष गर्ने पक्षमा छन् । अब देउवालाई प्रधानमन्त्री बनेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन माधव नेपालको साथ विना कठिन छ । माधव नेपाल पक्षका २३ सांसद समेत गरी १४६ सांसदको देउवालाई समर्थन प्राप्त थियो । अब २३ सांसद घटेपछि देउवाको पक्षमा १२३ सांसद मात्र पुग्ने भएको छ । बहुमतका लागि देउवालाई थप ११ सांसद आवश्यक पर्छ । जसपाले साथ दिएमा मात्र उनले बहुमत प्राप्त गर्न सक्नेछन् । यसकारण पनि माधव नेपाल फेरि निर्णायक बन्नेछन् । उनले देउवालाई साथ दिने या नदिनेले राजनीतिक भविष्य फरक ढंगले जानसक्छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल