Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको विकल्पमा पनि उनै

काग्रेसलाई सरकार बनाउने ठाँउ थियो । त्यो काग्रेस निर्णय हिन हुदै गर्दा मधेसका दलका नेताले मात्तिएको कुरा गरे । मधेस सबैको साझा हो तर त्यसले त्यो बुझ्दैन । किनकी महन्त, राजेन्द्र महत्तोहरुले निर्देशन कुरेका छन् । सांसदले ठूलो दलका नेताले संविधान कुल्चेर संसदीय गरिमा विर्से कसरी भन्ने ? जबकी उनकै दल ठूलो थियो । संसदमा ठूलो दलको नेता बन्न प्रम ओलीलाई रुचि भएन । उनले माओवादीबाट आएका नेतालाई च्यात्दा एमालेका सांसद तर्किए । यथार्थ भन्दा कसैले पत्याउदैन । भ्रष्टका संरक्षक प्रमलाई त्यो मतलब भएन । उता काग्रेसका समापतिले प्रधानमन्त्री हुने अपेक्षा गर्दा रामचन्द्रहरु गदगद छन् । रामचन्द्रको गदगदप्रति देउवालाई शंका छ । किनकी त्यो नक्कल हो । नक्कल झक्कल मन नपराउनेले गठबन्धनको तुरुप बुझदैन । पत्रकार महासंघमा त्यही भयो । विपुल पोख्रेलका विरुद्ध अनेक फण्डा आए । उनले यथार्थ बताए पछि कुरा सल्टियो । संसदीय राजनीतिको सर्वाेच्चता त्यही थियो । मधेसवादी दल नेका भन्दा प्रम ओलीसँग नजिक किन भयो ? के अबको संसदीय बैठकले त्यो कुरा केलाउला ? किनकी जब आफ्नो बहुमत छैन त्यसबेला शंका उत्पन्न हुन्छ । शंकाले लंका पिट्छ । लंका जले सबै भष्म हुन्छन् । उटपटयाङ्गको शिकार कोही हुनु पर्दैन । दक्षिणको भारतले प्रम केपिलाई साथ दिएको छ भने मधेसको महन्त पक्ष आउदैन । भारत कै निर्देशनमा पार्टी खोलेका तत्वहरु धेरै छन् । उनीहरु जनमतबाट बाहिरिएको अवस्था छ । संसदमा जो छन् तीनले संसदीय गरिमा राखेका छैनन् । यो लज्जा जनक अवस्था हो । संसद विघटन ओली देउवा र भारतको डिजाईन थियो भन्दा हुन्छ । सर्वाेच्चले त्यो संसद विउत्यायो । विउतिएको संसदले काम पाएन । किनकी प्रमओली पंगु सिद्दान्तमा जुटका छन् । तर उनको सेटिङ्ग भत्कियो । उनले रुचाएनन् । यहाँ त पार्टी विभाजन पनि थपियो । जुन पार्टीको एकता हुँदा सिद्दान्त, नीति, कार्यक्रम, र विधि प्रकृयाको ख्याल गरिएको थिएन । आफूले नपाउदासम्म विधि प्रकृया पाएपछि झुल्लराम नेकपाको मुल विषय यही थियो । किनकी प्रचण्डलाई कमजोर बनाउन प्रम चहान्थे प्रमलाई कमजोर बनाउन प्रचण्ड र माधव चाहान्थे ।
आफ्नै लागि आएको जनमत उनले पचाएनन् । उनमा दम्ब थियो अझै छ । प्रतिपक्ष दलका नेताले समयमा गर्नु पर्ने काम गरेनन् । उनी प्रमको लालीपपमा रमाए । कम्युनिष्ट फुटे संसदीय सर्वाेच्चता मेरै उनमा भयो । कुरो यसरी सफल हुदैनथ्यो । किनकी प्रमको निरंकुश शैली अपारदर्शी व्यवहारलाई काँग्रेसले ख्याल गरेन । यहाँ काग्रेसको स्पष्ट बहुमतको सरकारले विगतमा गरेका अपराध साँक्षी थिए । प्रतिपक्ष कमजोर हँुदा नागरिक समाज र कथित स्वतन्त्र प्रेस अगाडि आउँछ । त्यसमा कनकहरु जुर्मराउ छन् । जनताले जसपा माओवादी र काग्रेसलाई निकै हेरे । तर त्यहाँ एकले अर्काेलाई विश्वास नगर्ने अवस्था अझै छ । संसदको अंक गणितको कुरा यहाँ आयो । जबकी जनता प्रमओलीको विरोधी थिए । ओलीको चरित्र लोकतान्त्रिक थिएन । उनका सेवकले उनलाई प्रभू बनाएका थिए । काग्रेसले बलियो ओलीलाई बनायो । किनकी त्यसले जसपालाई विस्वासमा लिन सकेन । ठूलो दाईको पारा यस्तै भएपछि हुन्छ के ? पार्टीको सभापतिको चाल रुचाउन नसकेका रामचन्द्रले सार्वजनिक सभामा भने ताप्के नताती विडे मात्र तातेर के गर्नु १

लोकतन्त्रको गणतन्त्रको आवरण देखाएर किन रमिता देखाइन्छ । सत्ता केन्द्रीत अहिलेको आचरण लोकतन्त्रको पहरेदार होइन । जहाँ काग्रेसको भूमिका देखिएन । माओवादी केन्द्र निर्णय गर्ने काग्रेस अगाडि नसर्ने । जसपाले सरकारको नेतृत्व हामी लिन्छौ भन्ने । त्यहाँ महन्त, राजेन्द्र, उपेन्द्र र डा. बाबुरामको बेमेल अविस्वास हुनु भनेको प्रम ओली नै विकल्प हुनु भन्ने हो । सैद्दान्तिक मोर्चा इमान्दार हुन्छ भने ओली सरकारबाट तुरुन्त हट्ने थिए । उनको विकल्प देउवा हुन भने दक्षिणको साथ लिनै पर्छ । मधेसवादी दक्षिणका प्यादा हुन् । त्यहाँ डा. बाबुराम र महन्त फरक हुन् । परनिर्भर र कमजोर प्रमले आफ्नो टिकाउ खोज्नु स्वभाविक हुन्छ । निचोरेर फाईदा लिन जसपा सफल हुन्छ भन्न सकिदैन । किनकी गिरिजाले जीवनको बदनामी त्यही बेला मेटे जुनबेला नेकालाई संघिय लोकतान्त्रिक गणतन्त्र स्वीकार्न बाध्य बनाईयो ।