Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीज्यू तपाईंहरूभन्दा केशरजंग नै कम्युनिष्ट थिए

  • अर्जुन ज्ञवाली

गतहप्ता एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल केशरजंग रायमाझीको लाइनमा भन्दै आलोचना भनौ या व्यङ्ग्य गरे । दायाँ कमल थापा र बायाँ कोमल ओली, अगाडि सिके राउत, पछाडि महन्त ठाकुर राखेर व्यक्त भएको ओलीको अभिव्यक्ति आफैंप्रति व्यङ्ग्य मात्रै हो । झापाको दमकमा राप्रपासँग सत्तारुढ गठबन्धनको एलाइन्स भएपछि दिएको ओलीको यो अभिव्यक्ति कुण्ठाको रोदन मात्रै हो ।
हो, नेपाली राजनीतिमा डा. केशरजंग रायमाझी राष्ट्रप्रति सधैं नै जिम्मेवार, विवादरहित र शालिन नेतृत्व थिए । उनको व्यक्तित्वप्रति दरबारदेखि घरबारसम्मकालाई ईष्या थियो । यसकारण डा. रायमाझीलाई विम्बको रूपमा उग्रवाद, अतिवादलाई अंगालेका कम्युनिष्ट व्यानरका इन्डो पश्चिमा इशाई मेशीनरीका दलालहरूले सधैंभरि हमला गरे । २००५ सालमै कलकत्ताबाट मेडिकल शिक्षा उत्तीर्ण गरेका डा. केशरजंग रायमाझी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । सी क्लास राणा सुवर्ण समशेर र महावीर समशेरको जासुसको रूपमा प्रवेश गरेका पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यलगायत कथित नेपाल कम्युनिष्ट पार्टीका नक्कली संस्थापकहरू कम्युनिष्ट पार्टी कब्जा गर्न सि क्लास राणहरूले पठाएका सिआईडी थिए । दिल्लीरमण रेग्मीले नेतृत्व गरेको नेपाली राष्ट्रिय काँग्रेसको कार्यालय सचिव रहेका पुष्पलाललाई केशरजंग रायमाझीले माक्र्सवाद अध्ययन मण्डलमा सामेल गराएका थिए । तर, रायमाझीसँग सल्लाह नगरी सुवर्ण समशेरको इशारामा सि क्लास राणाका सिआईडीहरूलाई जम्मा गरेर पुष्पलालले कम्युनिष्ट पार्टी घोषणा गरे ।

विसं. २००३ सालमै विराटनगर मजदुर आन्दोलनको नेतृत्व कम्युनिष्ट पार्टीको तर्फबाट मनमोहन अधिकारीले गरेका थिए भने माक्र्सवाद अध्ययन मण्डलको गठन केशरजंग रायमाझीले गरेका थिए । त्यतिबेला पुष्पलाल लगायतका नक्कली कम्यनिष्ट पार्टीका संस्थापक भनिनेहरू सुवर्णसमशेर र महावीर समशेरसँग थिए । यसकारण नेपाल कम्युनिष्ट पार्टीको संस्थापक पुष्पलाल लगायतका चारजना गुप्तचरहरू होइनन् भने पहिलो राष्ट्रिय सम्मेलनले मनमोहन अधिकारीलाई महासचिव बनाएर राणाका सीआईडीहरूलाई बाइपास गरेको थियो भने दोस्रो सम्मेलनले महासचिवको रूपमा केशरजंग रायमाझीलाई अनुमोदन गरेको थियो । महासचिव बनिसकेपछि रायमाझी पुष्पलाल, मनमोहन अधिकारी, पीबी मल्ल लिएर चीनमा माओलाई भेट्न गए । माओलाई भेटिसकेपछि माओले नेपालका राजा महेन्द्रलाई सहयोग गर, नेहरूभन्दा, बीपी भन्दा महेन्द्र प्रगतिशिल हुन् भनेपछि रायमाझीले राष्ट्र रक्षाका लागि महेन्द्रलाई सहयोग गरेका थिए । यो कुराको साक्षी स्वयं रायमाझीसँग माओलाई भेटेका अन्य तीन जना पनि थिए । केपी ओलीले झापामा खाना खान बसिरहेका धर्मप्रसाद ढकालको हत्या गर्दा केशरजंग रायमाझीले नेपाकला युवाहरूलाई रुस चीन पढ्न पठाएर नेपालमा प्राविधिक जनशक्ति भिœयाउन पहल गरेका थिए । हत्या र ज्यानमाराको आरोपमा १४ वर्ष जेल बसेका ओली हुन् या प्रचण्ड, माधव नेपालहरू कोही पनि रायमाझीसँग तुलना हुन सक्दैनन् । नेपाल कम्युनिष्ट पार्टीको इतिहास नै नपढेका ओलीले उखान टुक्का र विम्ब प्रयोग गर्नुभन्दा पहिला कम्युनिष्ट पार्टीको इतिहास र यो पार्टीभित्र स्थापनाकालदेखि केपी ओली, माधव नेपाल जस्तै गुप्तचरहरू स्थापना कालमै कसरी घुसपैठ गरेका थिए भन्ने कुरा अध्ययन गर्दा राम्रो हुनेछ ।
जहाँसम्म तथाकथित नेपाली कम्युनिष्ट आवरणको आन्दोलनको प्रश्न छ । यो कुनै वामपन्थी या कम्युनिष्ट क्रान्ति आन्दोलन थिएन । यो त वास्तविक कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्नका निम्ति सिआईएले खडा गरेका विभिन्न झुण्डहरू थिए । जसको पुष्टि पछिल्लो चरणमा मृत्यु हुनुभन्दा पूर्व बीपी कोइरालाले पनि खुलासा गरेका छन् । जीवनमा जे जस्ता कुकृत्य कार्य गरे पनि मानिस मृत्युको पूर्व सन्ध्यामा झूठ बोल्दैन । गणेशराज शर्माद्वारा टेपरेकर्ड मार्फत् जस्ताको तस्तै सम्पादन गरिएको बीपी कोइरालाको, राजा, राष्ट्रियता, राजनीति पुस्तकमा पुष्पलाल र मोहनविक्रम भारत सरकार र रअको संरक्षणमा पालिएको कुरा उक्त पुस्कमा उल्लेख गरिएको छ । यसैगरी प्रचण्ड, माधव नेपाल र केपी ओलीहरू रअ र सिआइएको गुरु योजनामा नेपालका राणाहरूमार्फत् संरक्षित कम्युनिष्ट आवरणका सिआईडीहरू मात्र हुन् । कम्युनिष्ट त यिनीहरूको ठगी खाने ट्रेडमार्क मात्रै हो । यसकारण डा. केशरजंग रायमाझीलाई विम्ब बनाउनुभन्दा पहिला तथाकथित नेपालका वामपन्थी र प्रगतिशिल लेखक र कम्युनष्टि भनिनेहरू जो आफूलाई बाँदरबाट विकसित भएर मानिस भएको भन्ने डार्बिनको बाँदर सिद्धान्तलाई पछ्याईरहेका छन् । उनीहरूले आफ्नो इतिहास हेर्दा हुनेछ ।