Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीले बनाउँदैछन् सरकारका न्यूनतम साझा कार्यक्रम

काठमाडौं । सत्ता साझेदार दलहरूले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने भएका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदारदलहरूको बैठकले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति गरेका हुन्। बैठकले न्यूनतम साझा कार्यक्रम बनाउने समितिको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। एमाले अध्यक्ष ओलीलाई कार्यदलको संयोजक तोक्ने निर्णय भएको बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। कार्यदलमा साझेदार दलबाट एक–एक जना प्रतिनिधि रहनेछन्। कार्यदललाई पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउन म्यान्डेट दिइएको छ। बैठकमा सत्ता साझेदार दलहरूले मन्त्रिमण्डल विस्तारबारे समेत छलफल गरेका छन्। अहिलेको सत्ता गठबन्धनमा सात दल आवद्ध छन्।