Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीसँगको भेटमा रअ प्रमुखसँगको भेटबारे कोट्याए प्रचण्डले

काठमाडौँ । नेकपाभित्रको विवाद झन् बढ्दै गएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीका कारण पार्टीभित्र बिग्रहको बिउ सल्किएको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद सचिवालय बैठकबाट टु‌ग्याउन माग गरेका छन् ।

शनिबार बालुवाटारमा भएको छलफलमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गर्दै पार्टीका सबै समस्या सचिवालय बैठकबाटै हल गर्नुपर्ने माग गरेका हुन् । भेटका क्रममा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाएर पार्टी भित्रको विवाद समाधान गर्न दबाब दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ । आज दुई अध्यक्षबीच पार्टी सञ्चालनसहितका समसामयिक विषयवस्तु छलफल भएको छ । छलफलका क्रममा कोभिड महामारीको नियन्त्रण तथा रोकथाम र सरकारको भूमिका, कर्णाली विवाद प्रकरण, रअ प्रमुख सामान्तकुमार गोयलसँगको भेट र पर्साको मुकेश चौरसिया घटना प्रकरणका विषयमा छलफल भएको छ ।

यी सबै विषयलाई सचिवालय बैठकमा छलफल गर्ने प्रचण्डको प्रस्ताव आएको र चाँडै सचिवालय बैठक बोलाउन ओली सकारात्मक भएको नेकपा स‌ंसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । उनले आवश्यकता अनुसार सचिवालय बैठक बोलाउन अध्यक्ष ओली सकारात्मक रहेको बताए ।
प्रधानमन्त्री ओलीले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै दुई अध्यक्षबीच ११ दिनदेखि भेटवार्ता भएको थिए ।


सम्बन्धित समाचार