Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली घेराबन्दीमा पर्दा शंकरलाई सकसक

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद न त प्रधानमन्त्री केपी शर्मा ओली एक्लैका कारण न त पार्टी अध्यक्ष प्रचण्ड एक्लैका कारण भएको हो । हो त विधि र विधान नमान्ने केपी ओलीको हठ बढी जिम्मेवार देखिन्छ ।

यही बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले पार्टी एकता संकटमा पुगेको बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पर्ने बताएका छन् । प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्डले संगीन आरोपसहित एकल प्रस्ताव अघि बढाएर पार्टी एकता गम्भीर मोडमा पुर्‍याएको उनले बताएका छन् ।


सम्बन्धित समाचार