Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली नीति माघ ११ मा नांगै

काठमाडौं । आफू बाहेक अरुलाई गन्न छाडेका एमाले अध्यक्ष केपी ओलीलाई पार्टी एकीकरण भन्दा विभाजन रुचि भएको फल माघ ११ मा फल्दैछ । त्यो दिन प्रदेशसभा सदस्य संघीय संसद र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभारबाट राष्ट्रियसभाका १९ सांसदको निर्वाचन हुँदैछ । छ महानगर, १२ उपमहानगर, १२३ नगरपालिका समेत ७५३ पालिकाका प्रमु्ख र उपप्रमुख मतदाता भएको यो निर्वाचनमा धरान, काठमाडौं र धनगढीका स्वतन्त्र जनप्रतिनिधिको मत कता जान्छ थाहा छैन । लगाम बिनाको घोडा जस्ता आफ्नो नगरको विकासमा केन्द्रीत तर फोहेरलाई मोहर बनाउन असफल पात्रका रुपमा यिनलाई लिनुपर्छ । राष्ट्रियसभा र प्रतिनिधिसभामा अध्यक्ष र सभामुख मार्फत् ओली नीति लागू भएको बेला एकाएक गणेश तिमिल्सिना जस्ता केपीका विश्वासपात्रको पद जाँदैछ । १२१ सिटको नेकपा फुटाए पनि राप्रपा, होलीवाइनसम्मका पात्र र प्रवृत्तिबाट संघीय संसदमा ७९ सीट जिते पनि अपराध कर्मले एमालेका २ सांसद निलम्बनमा परेका छन् । सत्ता गठबन्धन बीचमा डा. शेखर कोइराला समूहको विद्रोहले कोशीमा बुर्कुसी मार्दाको फल मुख्यमन्त्री केदार कार्कीले व्यहोरे जस्तै माघ ११ को चुनावमा त्यो समूहको उग्रता चम्कने छैन ।
पार्टी सदस्य बिनाका केन्द्रीय सदस्य भएका दुर्गा प्रसाईले केपी ओलीको बदनाम मात्र गरेनन् । ओलीका हनुमान महेश बस्नेतको पनि उछित्तो काढेकै थिए । निर्माण क्षेत्रका बदनाम पात्र हरिनारायण रौनियारलाई भिœयाउन ओली मधेश प्रदेश जाने आउने गरेकै थिए । एमालेका लागि मिसन ०८४ को तयारी गर्दा मुद्दामा मिलेका सत्ता लिप्सालाई प्राथमिकता दिने प्रचण्ड, माधव र झलनाथसम्मलाई एक ठाउँमा ल्याउन जरुरी थियो । एमाले अध्यक्ष केपी ओलीले आफूबाहेक अरुका तर्क सुन्दैनन् । त्यसको फल पराजित हुन उनको उम्मेदवार बन्लान् ? पार्टी एकताका नाममा व्यक्ति प्राथमिकतामा राखेर केपी ओलीले संगठन गर्दैछन् । बैतडीको झुलाघाट र ताप्लेजुङतिरको सीमामा कार्यकर्ता उतार्दा संगठन कस्तो होला ? व्यवस्था बदल्ने अवस्था उस्तै राखेर आफू मोटाउन केपी सफल भए ।

कहाँ कसको कति मतदाता ? 
कोशी प्रदेशमा गठवन्धनको स्थानीय तहमा १२९ मत छन् भने एमालेका ११० छन् । मधेसमा गठबन्धन १८२ एमाले समेत गैर गठबन्धन ९० छन् । बागमतिमा गठवन्धन १४७ एमाले ६० गण्डकीमा गठवन्धन १०१ एमाले ६८ छन् । लुम्बिनीमा एमाले ६७ गठवन्धन १४२ कर्णालीमा गठवन्धन ११७ एमाले ३५ छन भने सुदुर पश्चिममा एमाले ५० गठवन्धन ११६ छन् । एमाले प्रदेशसभा मध्ये कोशीमा वलियो छ । त्यहाँ एमालेका ४० सांसद छन तर सरकार बनाउन आवश्यक पर्ने ६ सीट राप्रपासँग लिन नसक्दा हिक्मत कार्की पटक पटक मुख्यमन्त्रीमा सपथ लिँदै बाहिरिँदै गरेका हुन् । केपीको कारण ०७९ पूस ११ को गठवन्धन भत्केको हो । राष्ट्रियसभा चुनावमा काँग्रेस एमाले मिल्ने अवस्था छैन् । केपी ओलीको छुद्रताले सबैतिर बिग्रियो । संख्या जोडने हो भने एमाले कोशीमा ४०, मधेसमा २३, बागमतिमा २७, गण्डकीमा २२, लुम्बिनीमा २९, कर्णालीमा १०, सूदुर पश्चिममा १० सांसद छन् । ती प्रदेशमा सत्ता गठवन्धनको कोशी ४७, मधेस ५३, बागमति ६५, गण्डकी ३५, लुम्विनी ४१, कर्णाली ८०, सूदुरपश्चिम ३४ सांसद छन् । एकिकृत पार्टी खण्डीकरण गर्दै आफ्नै हात जगन्नाथमा रमाएका अध्यक्ष ओलीलाई मिसन ०८४ को नाराले उराल्दैछ । यो कुरा हुन्न भन्न कसैले नसक्दा एमालेको जन स्तरको रन्को फन्को घट्दो छ । जनतामा वामपन्थी एकताको रौनक छ । तर केपी ओली माधव र झलनाथलाई देखाउन एक्लै भिडने छन् । हेपाह प्रवृत्तिको शिकार केपी आफैं मात्र भएनन् सिंगो पार्टीलाई पनि बनाए । एकतामा शुत्रधार मध्येका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेलको जोड मिसन ०८४ नेकपा कालको संसदीय झल्को दिनेगरी आउनुपर्छ भन्ने छ । विचार र एजेण्डा सत्ता र कुर्सी प्रधान वनाएर ओली र प्रचण्डले बनाएको मोर्चा जस्तै अबको मोर्चा जिल्ला तहवाट मजवुद बनाउनु पर्ने आवश्यकता थियो । तर केपीले प्रधानमन्त्री पद आफूवाहेक अरुलाई दिनै नचाहने प्रचण्ड र माधव सत्ता गठवन्धन गर्दाको संकल्प त्याग्न नसक्ने भएकाले राष्ट्रियसभामा एमाले रित्तै हुने लक्षण देखिएको हो ।


सम्बन्धित समाचार