Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली र आरजुलाई,नाराजुलुस सहित कालो झण्डा देखाइने भएपछी अमेरिकामा हुने स्वागत कार्यक्रम स्थगित गरियो

अमेरिकाको न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाका लागि आयोजना गरिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागतका लागि गर्न लागिएको कार्यक्रमम अन्तिम समयमा स्थगित गरिएको हो।

न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावास र अमेरिकास्थित नेपाली समुदायको संयुक्त आयोजना उक्त स्वागत कार्यक्रम गर्न लागिएको थियो।

महावाणिज्यदूतावास न्यूयोर्कले सुरक्षा संवेदनशीलतालाई देखाउँदै कार्यक्रम स्थगित गरिएको सोमबार विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन मिटिङ्गहरूमा व्यस्त रहनु परेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ, महावाणिज्यदूतावासले भनेको छ, यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीसहितको टोली त्यहाँस्थित प्रवासी नेपाली समुदायको विरोधको पनि सामना गर्नु परेको छ । खासगरी सहकारी प्रकरणमा छानबिन समितिद्वारा दोषी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार मात्रै पक्राउ प्रयास भएको सन्दर्भमा विरोधका स्वर सुनिएका हुन् ।


सम्बन्धित समाचार

चलचित्र ‘बिदेश जा’ बन्ने

२०८१ आश्विन ७

ताजा नेपाल

डोनाल्ड ट्रम्पको अन्तिम उमेदवारी

२०८१ आश्विन ७

ताजा नेपाल