Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वरिष्ठ पत्रकार कनकमणि दिक्षितले राष्ट्रको स्थायित्वका निम्ति प्रचण्डले हार्नुपर्ने कारणहरूको विषयमा एउटा आलेखमार्फत् गहकिलो टिप्पणी गर्नुभएको छ । वैचारिक रूपमा यो पंक्तिकार दिक्षितसँग सहमत छैन । यो सँगसँगै नेपाली राजनीतिको स्थिरताका निम्ति प्रचण्डले हार्नुपर्ने कारणहरू उहाँले जसरी प्रस्तुत गर्नुभएको छ । त्यसमा विमति राख्नुपर्ने कारण छैन । प्रश्न पुष्पकमल दाहालको मात्र होइन, मुलुकको अस्थिरताका निम्ति प्रचण्ड अर्थात् पुष्पकमल दाहाल त एउटा शक्ति केन्द्रका प्रायोजित प्यादा मात्रै हुन् । यस कारण मुलुकको स्थिरताका निम्ति प्रचण्डलाई तयार गर्ने शक्ति केन्द्रको पराजय हुनुपर्दछ । अन्यथा यस प्रकारका प्रचण्डहरू विभिन्न रूप र रंगमा जन्माइन्छ र मुलुकलाई अस्थिरतामा धकेलिरहिन्छ ।
अहिले मुलुकको समस्या प्रचण्ड मात्रै होइन, मुल रूपमा नेपाललाई आधार क्षेत्र बनाएर भारत–चीन लक्षित पश्चिमा शक्ति केन्द्रको खेल मैदान बनाउने शक्ति केन्द्रका प्यादाहरूको पराजयमा छ । त्यस्ता प्यादाहरू प्रचण्ड मात्र होइनन्, काँग्रेस, एमाले र मधेशवादी दलभित्र पनि छ्यापछ्याप्ती भेटिन्छन् । यसकारण दिक्षितज्यूको प्रचण्डले हार्नुपर्ने कारणमा सहमति जनाउँदा जनाउँदै पनि विमती के मा छ भने प्रचण्ड खडा गर्ने शक्ति केन्द्रको बारेमा कनकमणि दिक्षित वा उहाँजस्तै अन्य बुद्धिजीवी भनिनेहरू बोल्दैनन् । न त ०६२÷६३ पछि चोर ढोकाबाट एमालेका वरिष्ठ नेता सुभाष नेम्वाङ र काँग्रेसका नेता कृष्ण सिटौलाको मिलेमतोमा युरो क्रिश्चियन मिसनअन्तर्गत घुसाइएको धर्मनिरपेक्षता र २०६३ साल माघ १ गते जारी अन्तरिम संविधानलाई माघ ५ गते माइतीघरमा जलाउँदै युरो पश्चिमाको मिशनमा उपेन्द्र यादवमार्फत् ल्याइएको संघीयता जस्ता एजेन्डाहरू मुलुकको स्थिरताका निम्ति घातक छन् । के यस विषयमा कनकमणि दिक्षित जस्ता बुद्धिजीवीहरू बोल्न सक्छन् ?
हो, यतिबेला युरो पश्चिमा एजेन्डाहरू माओवादीमार्फत् देशव्यापी बनाएपछि र चर्च मिशनलाई विस्तारीकरण गरेपछि प्रचण्डको औचित्य कनकमणि दिक्षितजस्ताहरूको लागि मात्र होइन, युरो पश्चिमाहरूका लागि पनि माओवादीको औचित्य सकिएको हुनुपर्छ । यसकारण यतिबेला माओवादी हिंसालाई अस्वीकृत गर्ने एउटा तप्काले माओवादीमार्फत् ल्याइएका पश्चिमी एजेन्डाहरूको प्रतिवाद गर्दैनन् । यसकारण कनकमणि दिक्षितको देशको स्थिरताका निम्ति प्रचण्डलाई हराउनु पर्ने कुराहरूसँग सहमत हुँदाहुँदै पनि एजेन्डागत रूपमा सहमत हुन सकिँदैन । प्रचण्ड मात्रै होइन, यो निर्वाचनमा चोरबाटोबाट संघीयता र धर्म निरपेक्षता जस्ता राष्ट्र विरोधी एजेन्डाहरू क्रिश्चियनको डलर खाएर भिœयाउने र त्यसलाई परिवर्तनकामी एजेन्डा भन्दै व्याख्या गर्ने बुद्धिजीवी, अन्य राजनीतिक दलका नेतृत्वको पनि प्रचण्डको जस्तै अन्त्य हुनु जरुरी छ । प्रचण्डले मात्रै हारेर देशमा स्थिरता कायम हुँदैन । चोरबाटोबाट धर्म निरपेक्षता भिœयाउने एमालेका सुभाष नेम्वाङ, प्रदीप ज्ञवाली, काँग्रेसका कृष्ण सिटौला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, जसपाका उपेन्द्र यादव, लोसपाका महन्त ठाकुरलगायतले निर्वाचन हार्नु पर्दछ । यसकारण कनकमणि दिक्षितको लेख एकांकी एजेन्डा विहीन व्यक्ति केन्द्रित पूर्वाग्रहमा आधारित छ । प्रश्न व्यक्तिको होइन, एजेन्डा र उक्त पार्टीको नीति र कार्यक्रमको हो । यस अर्थमा माओवादी, काँग्रेस, एमाले र मधेशवादीहरूमा नीतिगत रूपमा तात्विक भिन्नता छैन । यो अवस्थामा प्रचण्डले हारेर मात्रै मुलुकमा कसरी स्थिरता कायम हुन सक्छ ?
यसकारण प्रश्न काँग्रेस, एमाले र माओवादीको मात्र होइन । धर्म आस्था हो र धारण गर्ने कुरा हो । त्यो दुरूपयोग गर्ने कुरा होइन । हिन्दू धर्मको नाममा भोट बटुलेर दोस्रो संविधानसभामा चौथो पार्टी बनेको कमल थापाको राप्रपा नेपाल क्रिश्चियनहरूको डलर खाएर उक्त संविधानलाई आलोचनात्मक समर्थन भन्दै त्यही संविधानअन्तर्गत राजतन्त्र र हिन्दूू राष्ट्रको नारा दिएर केपी ओली र काँग्रेस माओवादी सरकारमा उपप्रधानमन्त्री खान पुग्नेहरू अहिले सूर्य चिन्ह लिएर वैतर्णी तर्न हिँडेकाहरू पनि मुलुकको स्थिरताका निम्ति यो निर्वाचनमा जनताले पराजित गराउनु पर्दछ । यसकारण पुष्पकमल दाहालले हारेर मात्रै मुलुक स्थिर हुन सक्दैन ।
प्रश्न यहाँ व्यवस्थाको होइन, पञ्चायत होस्, संवैधानिक राजतन्त्र या गणतन्त्र । यी तिनै व्यवस्थामा एउटै प्रवृत्तिका तत्वहरूको हालीमुहाली हुँदै आएको छ । यतिबेला विनोद चौधरी र कुनै समय बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने सूर्यबहादुर थापाका छोरा सुनिल थापा काँग्रेसबाट चुनाव लड्दैछन् । कमल थापा, कोमल ओली हुन् या यस प्रकारका अन्य पात्रहरूमा राजेन्द्र लिङदेनलाई पनि चुनाव चिन्ह फरक भए पनि एकै रूपमा हेर्दा हुन्छ । यिनीहरूमा शक्ति केन्द्रको सम्बन्धका हिसावले हेर्ने हो भने तात्विक भिन्नता छैन । यसकारण प्रश्न व्यक्तिको होइन, एजेन्डाको हो । जहाँसम्म पञ्चायतको कुरा छ, एकथरि लैनचौरको दूतावासबाट कुत्तेको दाना खाने बुद्धिजीवी र पत्रकारहरूले त्यही दानअनुसारको व्याख्या गर्दछन् । पञ्चायतका उदारवादी पञ्च भनिनेहरू जो विशेष गरेर भारत र रअसँग निकट थिए तिनीहरू अहिले काँग्रेस बनिसकेका छन् । अर्जुन नरसिंह केसीदेखि सुनिल थापा हुँदै गगन थापासम्मको नसो यही जालोभित्र जेलिएको छ । यसकारण प्रचण्डले एक जनाले हारेर मात्र मुलुकमा स्थिरता हुन्छ भन्ने कुरामा त्यति दम देखिँदैन । प्रचण्डसँगसँगै प्रचण्ड बनाउने शक्तिकेन्द्र र उक्त शक्ति केन्द्रमार्फत् भित्रिएका युरो पश्चिमी एजेन्डाको पराजयमै मुलुकको राजनीतिक स्थिरता हुनसक्दछ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल