Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमरेड पुष्पकमल दाहालका नाममा खुला पत्र

महामहिम पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्षज्यू,
अभिवादन
प्रिय कमरेड पुष्पकमल दाहाल ज्यू, तपाई यो मुलुकको तेस्रो व्यक्तिमा गणना गरिनु हुन्छ । नेपाली राजनीतिमा कसैलाई चित्त बुझ्नु या नबुझ्नु एउटा फरक कुरा हो । राणाशासकहरूलाई प्रथम पटक चुनौती दिएर नेपाली कांग्रेसको स्थापना गर्ने श्रेय विश्वेश्वर प्रसाद कोइरालालाई नै छ । धन्यवाद दिनु पर्दछ, त्यै पार्टी गठन कै समयमा कोइरालाले भनेका थिए, कि राणाहरूको तिमीहरूले १०३ बर्षको लामो निरंकुश शासन नेपालमा ग¥यौ । ९ जना पुधानमन्त्री भयौ । जंगबहादुरदेखि मोहन शम्सेरसम्म आइपुग्दा तीन पुस्ताले शासन भार लियौ । अब तिमीहरू सत्ताबाट हट, हामी जनताको तर्फबाट दलहरू मिलेर संम्वैधानिक राजतन्त्र, बहुदलिय व्यवस्था र संसदीय प्रणाली मार्फत मुलुक सञ्चालन गर्दछौ । राणाशासकहरूले उनको तर्कलाई स्वीकार गरेनन् ।
१९९७ साल अघि गठन भएका दलहरू प्रचण्ड गोरखा र नेपाल प्रजापरिषद जस्तै सम्झे, नेपाली कांग्रेसलाई । तर नेपाली कांग्रेस विश्व पुँजीबादी शक्तिसँग जोडिएको एक राजनैतिक पार्टी थियो । दोस्रो विश्व युद्धपछि विश्वमा आएको पुँजीवादी लहरलाई नेपाली कांग्रेसले समाप्त सफल भयो । पार्टी स्थापनाको चार बर्षपछि, ७ सालको आन्दोलन सम्पन्न भयो । राणाा शासकहरू सत्ताबाट हटे । राणा शासकलाई हटाउन, देशमा प्रजातन्त्र स्थापना स्थापना गर्नमा कोइराला र नेपाली कांग्रेसका नेता कार्यकर्ताको ठूलो योगदान छ । यो योगदानको कदर इतिहाँसमा लामो समय सम्म रहन्छ ।
दोस्रो व्यक्ति, पुष्पलाल श्रेष्ठ हुन् । जो प्रथम चरणमा राजनीति गर्न कांग्रेस पार्टीमा लागे त्यहाँ प्रवेश गरे पछि अनले बुझे की नेपाली कांग्रेसले प्रजातन्त्र त देशमा ल्याउन सक्तछ तर गरीब र निमूखा जनताको हित गर्न सक्तैन समानता ल्याउन सक्तैन । देशमा राजतन्त्रको अन्त्य पनि हुदैन, गर्न सक्तैन । उनले अलग तरिकाले, राजनीतिको बाटो समाते । सर्थप्रथम कम्यूनिष्ट पार्टीको घोषणा पत्र, अंग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद गरे । कम्यूनिष्ट दर्शन या माक्र्सवादले विश्व समाजमा हस्तक्षेपकारी भूमिका खेल्न थालेको त्यस बेला लगभग १०० बर्ष भएको थियो । कम्यूनिष्ट घोषणा पत्रको अनुवादको झण्डै १ बर्ष पछि, नेपाल कम्यूनिष्ट पार्टीको स्थापना उनकै पहलमा भयो । ७ सालको परिवर्तनमा कम्यूनिष्ट पार्टी भर्खर स्थापना भएको भए पनि, प्रचार प्रसार कम भए पनि नीतिगत र बैचारिक रुपमा आन्दोलनमा प्रभावकारी भूमिका निभाएको थियो । नेपाल राष्ट्रको निर्माणको घोषणा १८२५ देखि २०१५ साल सम्म आइ पुग्दा, मुलुकले धेरै कुरा प्राप्त पनि ग¥यो र गुमायो पनि ।
यदि सुनौलिको सन्धि अघि अंग्रेजसँग समानताको आधारमा व्यवहार गर्न सकेको भए धेरै भूभाग गुमाउनु पर्ने थिएन । तत्कालीन शासक भिमसेन थापाको अहमताकै कारण अंग्रेजसँग युद्ध भएको थियो । पछि उनकै पहल कदमीमा जति भाग बच्यौ, त्यो भाग नै आजको नेपाल हुन गयो । नेपाल राष्ट्र घोषणाको १९० बर्षपछि मात्र यो भूभाग या मुलुकले प्रजातन्त्रको उज्यालो देख्न पायो । यो प्रजातन्त्रको उज्यालो देखाउने अगुवाई विश्वेश्वर प्रसाद कोइरालाले गरे भने विश्व समाजमा हस्तक्षेप कारी भूमिका खेलेर अक्टुवार क्रान्ति,युरोपिय मुलुकमा क्रान्ति, चिनको जनवादी क्रान्तिमा प्रभाव कार्य भूमिका खेलेको माक्र्सवादी दर्शनको प्रवेश पुष्पलाल श्रेष्ठ मार्फत नै नेपाली समाजले पायो । नेपाल कम्युनिष्ट पार्टीको गठन भयो ।
२०१५ सालको प्रथम आम चुनावमा नेपाली कांग्रेसको कमजोर राजनैतिक चेतना र राजतन्त्र प्रतिको उदार विश्लेषण कै कारण राजाले विशेष अधिकार जमाउने मौका पाए । १७ सालको घटना मार्फत ३० बर्ष आफ्नो नियन्त्रणमा शासन गरे । ४६ सालको जन आन्दोलनले जनतालाई मौलिक र राजनीतिक अधिकारको प्रत्याभूति गरे पछि राजतन्त्रको अधिकार थोरै मात्र कटौती गरियो । शासन व्यवस्थामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा राजतन्त्र शक्तिशाली नै रहयो । राजतन्त्रलाई शीरमा राखेर प्रजातान्त्रिक समाजवाद भन्नेहरू र जनताको बहुदलिय जनवाद भन्नेहरू लटपटीरहे । पद प्रतिष्ठा बाडफाडमा लागे । समाज रुपान्तरण र उत्पादन शक्तिको व्यवस्थपन गर्न कमजोर देखिए । राजतन्त्रको अन्त्य र लोकतन्त्रको स्थापनाको धारणा वहसमा पनि ल्याउन सकेनन ।
जनताको बहुदलिय जनवादको नाममा मदन भण्डारीलाई देउता मानेर उनको गहुत ध्याम्पामा राखेर गंगाजल भनेर टाउकामा चढाए पनि सिद्धान्त त यो माक्र्सवादी दर्शनका मापनमा आधारित छैन । ३० बर्षको पञ्चायती शासन विरुद्ध वक्ताका रुपमा, मदन भण्डारीले कम्यूीनष्ट पार्टीको प्रचार त गरे, जनतालाई आकर्षित पारे । तर संम्वैधानिक सर्वोच्चताका नाममा उनले जनमत लाई पुँजीवादी राजनीतिको घेरामा हाले । नयाँ कुरा सोच्ने दिमागलाई पदीय र आर्थिक रुपले भूटि दिए । लाज नमानी भने चिनको नयाँ जनवाद र जनताको वहुदलिय जनवाद एउटै हो भनेर जनता ठाटे । जबकी दुबैको पृष्ठभूमी फरक फरक छ । हुनत नेकपामाले प्ररम्भिक चरणदेखि नै गलत थियो । झापालीहरूको प्रवृती र सोचाई नै गलत रहदै आएको थियो । काम गर्ने तरिका र दृष्टिकोण भ्रामक थियो । प्रचण्ड जी तपाई नै हो प्रथम व्यक्ति जस्ले ०५२ साल फागुण १ गते जनयुद्ध थाल्दा भन्नु भयो – राजा तिम्रो पुर्खा र तिमी समेतले ११ पुस्ता नेपालमा राजवंशिय परम्परा चलाएर शासन गर्दै आएका छौ । २४० बर्ष शासन गरेका छौ । अब १२ पुस्ता पछि तिमीहरूको अन्त्य गरिने छ । भयो त्यस्तै । यदि तपाईले जनयुद्ध मार्फत विद्रोह नगरेको भए आज नेपाल लोकतन्त्रमय हुने थिएन । तपाई र तपाईका सहयोगी मार्फत शाहस गरेर नेकपा एमालेसँग पार्टी एकता गर्नुु भयो । झण्डै पचास बर्ष पहिला तेस्रो महाधिवेशन २०१९ पछि विभाजित दुुई फरक कम्यूनिष्ट धारलाई एक ठाउँमा ल्याउनु निश्चय नै साहसी काम हो ।
नेकपा माले खास गरेर ०३६ सालको जनमत सग्रह पछि दरवार निकट रहदै आएको छ, जनमत सग्रहमा स्पष्ट त जनताले बहुदलिय व्यवस्थालाई रोजेको प्रमाणित छ । तर नेकपा मालेले जनमत संग्रह वहिस्कार गरेर पञ्चायतलाई अप्रत्यक्ष सघाउ पुर्यायो । राजदरवारको गोप्य शुत्रले नेकपा मालेका नेतालाई भने, तिमीहरूका झापा हत्या काण्डका अपराधीलाई हामी छाडिदिन्छौ, शर्त भयो । पार्टी चलाउन खर्च दिन्छौ । जनमत संग्रह वहिस्कार गरी देउ नेकपा मालेले विश्वासी भएर जनमत वहिस्कार गर्यो । धेरै राजवन्दी रिहा गरिएन । खर्च पनि प्राप्त भयो । त्यस पछि नेकपा मालेलाई दरवारले लामो समयसम्म खेलाइरहयो । क्रमश….

– जानकीरमण आत्रेय


सम्बन्धित समाचार