Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्णाली काण्डपछि प्रधानमन्त्रीका अगाडि प्रचण्ड कड्किए

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डलाई अप्ठ्यारोमा पार्न अहिले नेकपा भित्र अर्को खेल शुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच त्यसबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादबारे ओलीसँग वास्तविकता के हो ? भनेर बुझ्ने प्रयास गरेका थिए । ओलीले विवादबारे प्रष्ट नपारे पनि आफ्नो स्वीकृतिमै अविश्वासको प्रस्ताव दर्ता गरेको कुरा भने स्वीकार गरेका थिए । भेटवार्ताका क्रममा प्रचण्डले कर्णाली प्रदेशमा आएको विवादले राम्रो सङ्केत नगरेको भन्दै त्यसलाई पार्टी नेतृत्व तहले नै मिलाउन पहल गर्नुपर्ने धारणा राखेका थिए । प्रचण्डको उक्त धारणाप्रति ओलीले ठोस जवाफ नदिएको बुझिएको छ ।


सम्बन्धित समाचार