Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एक यूटुबमा अन्तबार्ता नदिएकोमा कलाकार आँचल शर्मा आलोचित हुन पुगेकी छन् । कुनै पनि सञ्चार माध्यममा कसैलाई अन्तरबार्ता नदिनु वा कुनै यूटुब माथि आफूलाई असहज लाग्न सक्नु कलाकारहरूको नैसर्गिक अधिकार हो । उनले यसलाई अन्तबार्ता दिन्छु, यसलाई दिन्न भन्न सक्छिन् र भन्न पाउँनुपर्छ । यति अधिकार कलाकारहरूमा हुन्छ । यो कुरालाई आधार बनाएर कसैको करिएर नै ध्वस्त पार्न पछि लाग्नु गलत हो । भोलि आँचललाई जस्तै गाली गलौज अरू कलाकारहरूमा पनि नआउल भन्न सकिन्न । कलाकारहरूले पनि यूटुबहरूलाई अन्तबार्ता दिन त्रास मानिरहेको पाईन्छ, किनकी बोल्यो कि बिकाउ शीर्षक राखेर अण्टसण्ड प्रशारण गर्ने प्रवृत्तिको अन्त्य हुन नसक्ने हो भने भोलिका दिनमा रंगमञ्चमा क्रियाशील कलाकर्मीहरु मिडियामा आउने वातावरण बन्दैन । पछिल्लो समय कलाकारमाथि भएका गलत टिकाटिप्पणी र व्यक्तिगत गाली गलौजका विषयमा केही मिडियाका आवरणमा भएका गलत क्रियाकलाप रोक्नका लागि कलाकारहरु एकजुट हुन आवश्यक छ भने कलाकर्मीहरुकै हितका लागि क्रियाशील संघसंस्थाहरुले पनि उचित भूमिका खेल्न जरुरी छ । कलाकार भनेका मुलुकका गहना हुन् । तिनको व्यक्तिगत करिअरमा गलत टिकाटिप्पणी भन्दा पनि स्वच्छ टिकाटिप्पणी सञ्चार माध्यममा आउन पायो भने त्यसले आम कलाकारिताको संस्थागत विकासमा मद्दत पु¥याउने छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल