Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कसले घेर्यो दुई तिहाईलाई

काठमाडौं । संविधान संशोधन प्रमुख एजेन्डा बनाएर खडा भएको सरकारी गठबन्धन जनतालाई आकर्षित गर्ने काममा सफल हुन नसक्दा आत्तिएको छ । एकाएक उपभामुख विरुद्ध लागेको सरकार सानादलमाथि निर्मम हुने संकेत देखाएपछि संविधान संशोधनको एजेन्डामा समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरूबाट साथ नपाउने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले काँग्रेसभित्रै सहकारीका ठग खडा हुँदा हिजो रवि लामिछानेका विरुद्ध औला ठड्याउने धनराज गुरुङलाई बचाउने अवस्था छैन । आफैं सहकारीको पैसा पचाउन श्रीमती ज्योति गुरुङसँग नक्कली छोडपत्र गरेर अमेरिका भगाएको प्रमाणित भएपछि धनराजलाई संसदमा कुराको चुरो खोलिने डरले धनराज छानविन होस् भन्न पुगेका छन् । प्रधानमन्त्री केपी ओलीले यस पटक गफ लगाएका छैनन् । तर सय दिनको अवधि नपुग्दै मन्त्रीहरूलाई विकासे गृहकार्य दिएका छन् । उनी संसदमा हिंसा शब्दको प्रतिकार गर्न तयार थिए । तर संयुक्त राष्टसंघको महासभामा भाग लिन जाने भएपछि संसद स्थगित गर्न सरकार सफल भयो । सरकार गठन भएको २ महिना २ दिनको अवधिमै सरकार घेराबन्दीमा परेको बताएर आफ्नो असक्षमता ढाकछोप गरेका हुन् । संसदमा १८४ भए दुई तिहाई पुग्छ । तर सरकारको पषमा १८८ जना सांसदले विश्वासको मत दिए पनि संविधान संशोधन र उपसभामुख माथिको प्रहारमा प्रमलाई साथ दिएका जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तर्सेका हुन् । प्रधानामन्त्री ओलीले काँग्रेसलाई उपसभामुख दिएर आप्mनो व्यवहारबाट काँग्रेसको नेतृत्व नतर्सियोस् भन्ने चलाखी गर्दा विपक्षी दलको अडान परिवर्तन हुने संकेत देख्दा सरकार घेराउमा प¥यो भन्दै त छैनन् ? विपक्षमा माओवादी, नेकपा एकीकृत, राप्रपा, रास्वपा गरी ७७ जना सांसद खडा भएका छन् भन्ने ज्ञान सत्ता सञ्चालकहरूलाई हुनुपर्छ । एमालेले साना दलहरूलाई लथालिंग पार्छ । समाजवादीका ५ सांसद र जसपा राईका ७ पार्टीमा भिœयाएर काँग्रेसभन्दा ठूलो दल बन्ने योजना काँग्रेसका युवा महामन्त्रीद्वयले कति बुझेका रहेछन् समयले बताउला । प्रम केपीले आफ्नो स्तुती गाएर पार्टीमा यौन लम्पटको परिचय बनाएकाहरूलाई हप्काए जस्तो ठानेका छन् भने त्यो गम्भीर गल्ती हुन्छ । उनी रास्वपालाई खानकै लागि जन्मेको भन्छन् माओवादी ४÷५ सिटमा थन्कन्छ भन्छन्, आफैं पार्टीभित्र सर्वसम्वत बन्न विपक्षी स्वरको प्रतिवाद गर्दा सदाका लागि डा. भीम रावल, घनश्याम भुसालहरूले गर्ने प्रतिवाद सहन सक्ने हालतमा अध्यक्ष भएनन् । प्रधानमन्त्रीको तहबाट यो साता विभिन्न सार्वजनिक कार्यक्रमहरूमा प्रतिपक्षी दलहरूमाथि मात्रै होइन काठमाडौं महानगरका मेयर बालेन शाहमाथि गरिएको टिप्पणीलाई राजनीतिक विश्लेषक कृष्ण पोखरेल, काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले प्रतिवाद गरिसकेका छन् । एउटा कुशल राजनीतिज्ञले आफ्नो हैकम सबैले स्वीकार्छन् भन्ने दम्ब राख्नु हुँदैन । सभामुख समेत दलको कार्यकर्ता बनेर निष्पक्ष बन्न सकेका छैनन् । अपराध कर्मका नायकहरू मिनकृष्ण महर्जन, रोज राना, बादसाह कुर्मी, विष्णु केसीहरू काँग्रेसका गहना भए जस्तै एमालेले लक्ष्मी कोइरी, लुम्बिनी प्रदेश सांसद रेखा शर्मा जस्ता पौरखी छँदैछन् । सरकार बन्नुको रहस्य नक्कली भुटानी शरणार्थी प्रकरणका बेचत झा र प्रतिक थापा, दिपेश पुनहरूको गिरफ्तार पनि हो । गिरिबन्धु टि इस्टेट काण्ड, सुन तस्करीसँग नेता जोडिएका काण्ड बढेकै छन् । एमाले आफैं हरेक अपराधमा जोडिएको केन्द्रको हस्तक्षेप प्रदेशमा पनि छ । सरकारले पूर्णता पाउनै दुई महिना लागेको कारण पद र कुर्सी प्रधान बन्नु हो । प्रधानमन्त्रीले आह्वान गर्दा एमालेकै सम्पूर्ण कार्यकर्ता एक स्वर, एक जुट हुने स्थिति छैन । सरकारले भ्रष्टाचार नियन्त्रण, कालो बजारमाथि कुनै खबरदारी गरेको छैन । जबकि महंगी रोक्ने मन्त्रालय नै नेकपा एमालेको नेतृत्वमा छ । बिचौलिया र माफियाको निर्देशनमा सरकार चलेको कुरा यो अवधिमा सरकारले गरेका राजनीतिक गतिविधिले पुष्टि गरेको छ ।