Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ बन्दको प्रभाव

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका छन् । बन्दको आह्वान गरेका छन् । उपत्यकामा भने बन्दको असर समान्य रहेको छ । उपत्यकाको जनजीवन समान्य रहेको छ । उपत्यकामा सवारी साधान निर्वाध रुपमा चलिरहेका छन् ।
सडकमा बन्दकर्ता कतै देखिएका छैनन् । सवारी आवागमनमा अवरोध गर्न खोज्ने ६ जनालाई राजधानीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सडकमा पर्याप्त सुरक्षा जनशक्ति परिचालन गरिएको छ । चक्रपथ रिङरोड क्षेत्रमा बन्दकर्ताले सवारी आवगमनमा अवरोध पु¥याउन गरेका प्रयास प्रहरीले हटाएको छ । सवारी बन्द गराउन हिडेका बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । त्यस्तै, चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।