Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारारत पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिए। पौडेल स्वास्थ्यमा समस्या आएपछि असार २ गते अस्पताल भर्ना भएका थिए। पौडेलको मुटुमा पेसमेकर राखिएको छ। मुटुको चालमा गडबडी देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको थियो।