Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा अब अन्तरघात हुँदैन : देउवा

 

दाङ । दोस्रो जागरण अभियानमा नेपाली काँग्रेस जुटेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै सभापति देउवाले एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिने बताएका हुन् ।
एकताको अभियानमा लाग्न पनि उनले कार्यकर्तालाई सुझाव दिए । सभापति देउवाले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिए ।देउवाले भने, हिजो कसले के कमजोरी गर्‍यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला । उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एकताको शुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे । यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिले जस्तो घातअनर्तघात हुने छैन, उनले भने । बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए ।


सम्बन्धित समाचार