Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मंसिर २६ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु सहभागी भएनन् । त्यसयता सभापति देउवाले आइतवार, सोमबार, बुधवार केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरे । तर वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरु बैठकमा अनुपस्थित भए । नेताहरु उपस्थित नभएपछि आज दिउँसोका लागि बोलाइएको बैठक पनि शुक्रवारका लागि सारिएको छ । देउवाले बैठक मात्र बोलाएका छैनन् । असन्तुष्ट देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन देउवा स्वयंले पहल पनि गरे । गत शनिवार देउवा रामचन्द्र पौडेललाई फकाउन भन्दै पौडेलको निवास नै पुगे । तर पनि पौडेल बैठकमा बस्न सहमत भएनन् । उक्त भेटमा पौडेलले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान राखेका थिए । जुन आजका दिनसम्म आइपुग्दा यथावत छ । शुरुमा महाधिवेशनको कार्यतालिकामा अडान राखेको पौडेल पक्षले त्यसयता अन्य मागहरु पनि थपेको छ ।
महाधिवेशन २०७७ सालको मंसिर पहिलो सातामा गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ । उता संस्थापन पक्षले भने २०७७ सालको फागुनमा महाधिवेशन गर्ने गरि कार्यतालिका बनाउन सकिने बताएको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका संस्थापन पक्षका नेता विमलेन्द्र निधिले मिति तीनमहिना अघिपछि मात्र रहेको बताए । पौडेल समूहले विवादमा रहेको नेपाल विद्यार्थी संघ र तरुण दलमध्ये एकको नेतृत्व नलिइ संस्थापन पक्षसँग कुनै सहमति नगर्ने तयारी गरेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल