Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको आधिकारिकता विवादमा आज पेशी

काठमाडौं । कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षले दायर गएको रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो। सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ। यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो। प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। विपक्षीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्माविरूद्ध कारण देखाउ आदेश जारी गरी अग्राधिकार प्रदान गरिएको थियो। रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ।