Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन तोकिएको मितिबाट एक घण्टा पनि नसर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान, पार्टीको विधान र अदालतको फैसलाले पार्टीलाई बाँधेकाले महाधिवेशनको तिथि–मिति परिवर्तन हुनेमा कुनै भ्रम नराख्न आग्रह गरे।
थापाका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन हुनेछ भने असोज १६ गतेदेखि महाधिवेशनको प्रक्रिया सुरु हुनेछ। उनले महाधिवेशनमा सहभागी हुन कसैलाई वञ्चित नगरिएको दाबी गर्दै सबै नेता–कार्यकर्ताले सहभागिता जनाउने विश्वास व्यक्त गरे।
महाधिवेशनपछि पार्टीले नागरिकसँगको सम्बन्ध थप मजबुत बनाउन ७७ वटै जिल्लामा जाने उनले बताए। महाधिवेशनमा प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने र जिम्मेवारीमा नआएका नेताहरूलाई समेत साथ लिएर पार्टी जनताबीच जाने उनको भनाइ छ।
थापाले आफू गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले राजनीतिक जोखिम लिनुपर्ने र पार्टीभित्र आवश्यक निर्णय गर्नुपर्ने विषय राम्रोसँग बुझेको बताए। पार्टीभित्रको कमजोरी सुधार्न कठोर र एकता कायम गर्न आवश्यक ठाउँमा लचिलो बन्ने नीति आफूले अपनाउने उनको भनाइ छ।
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल