Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंका १० क्षेत्रमा कस्तो छ चुनावी अवस्था

काठमाडौं । काठमाडौं महानगरमा बालेन शाहको प्रवेशले चम्किए पनि संघीय निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवार बनेकाहरूको पक्षमा जनमत उर्लेको छैन । जनतामा पुराना पार्टीप्रतिको आक्रोश भने छ । प्रतिस्पर्धामा काँग्रेसको गठबन्धन र एमालेका बीचमा टक्कर हुँदैछ । पटक पटक सत्तामा पुगेका अनुहार नै यस पटक मैदानमा छन् । तर टक्कर वामपन्थीहरूकै बीचमा देखिँदैछ । काठमाडौंमा बलियो संगठन काँग्रेस र एमालेकै छ । तर यस पटक पार्टी विभाजनको असर एमालेमै पर्दैछ । माओवादीले क्षेत्र नं. १० मा अञ्जना विसंखेलाई प्रस्तुत गरे पनि राजन केसीकै अवस्था दरिलो छ । त्यहाँ एमालेले स्थानीय पुरानालाई लत्याएर काँग्रेसबाट एमाले भएका हिमेश केसीलाई उम्मेदवार बनाइदिएको छ । तर पनि राजनकै स्थिति बलियो छ । माओवादीले क्षेत्र नं. २ मा ओनसरी घर्तीलाई उठाएको छ, एमालेबाट रामजी फुयाल मैदानमा छन् । यहाँको प्रतिस्पर्धा यिनकै हो । त्यहाँ विदूर मैनाली हेरेको हेरै भए । क्षेत्र नंं १ मा प्रकाशमान सिंहनै हुन् भन्नेले रमेश खरेल भने पनि उनी एमालेका किरण पौडल भन्दा कमजोर छन् । खरेलभन्दा राप्रपाका रविन्द्र मिश्र विगतका प्रतिस्पर्धी भएकाले उनको चर्चा छ । प्रहरी, सेनामा रहँदा खरेलको चर्चा प्रचार मात्र हो । यसपटक मिश्र कहाँबाट कहाँ पुगे बौद्धिक जमातले साथ दिने छैन । क्षेत्र नंं. ३ मा सन्तोष चालिसे चर्चित नाम हो । उनी काँग्रेसका हुन् । सत्ता गठबन्धनसँग एमालेले एमालेले कृष्ण राईलाई दोहो¥याएको छ । अरु चर्चित अनुहार त्यहाँ छैन । राजनीतिक चर्चामा रहेको क्षेत्र नं. ४ मा काँग्रेसका गगन थापा एमालेका राजन भट्टराईको हो । यो क्षेत्र कपन सडक खाण्डको बिजोग बारम्बार प्रचारमा छ । यी दुई ठालूलाई त्यो सडकले गिज्याइरहेको छ । रहरले उम्मेदवार भएकाहरू गणनाकही छैन । सत्ता गठबन्ध्नका गगनलाई आफ्नै वडा जिताउन स्थानीय तहमा नसक्ने भन्ने आरोप छ । उता क्षेत्र नं. ५ मा एमालेका सदाबहार नवसामन्त ईश्वर पोखरेललाई काँग्रेसका युवा नेता प्रदीप पौडेलले चुनौती दिएका छन् । पोखरेल बदनाम छन् । ओलीकालको नीतिगत लूटमा यिनको सहभागिता थियो । स्थानीय तहमा दिपक कुँवर भूमाफियासँगको सम्बन्ध र कोरोना कहरको बेला खरिदमा छोरालाई सहभागी गराइएको काण्डले पोखरेल बदनाम छन् । त्यो क्षेत्रमा संघ र प्रदेशमा एमालेले पुरानै टिम उठाउँदा जनताले चासो दिएका छैनन् । त्यहाँ एमालेको आन्तरिक संगठन पनि खलबलिएको छ । काँग्रेसका प्रदीपलाई माओवादीको साथ छ यो क्षेत्रमा नरहरि आचार्यले चुनाव जित्दै आएको क्षेत्र हो । पोखरेल माओवादीको साथमा ०७४ मा चुनाव जितेका हुन् । अहिले माओवादीले प्रदीपलाई साथ दिएको छ । युवा उम्मेदवार पौडेल विद्यार्थी कालदेखिनै टोखा ८ मा बस्ने गरेका उम्मेदवार हुन् । त्यहाँ पनि स्वतन्त्र उम्मेदवार छन्, सबैभन्दा चर्चामामा रहेकी रञ्जुले काट्ने भोटले त्यहाँको जितहारलाई प्रभावित पार्ने बताइन्छ । क्षेत्र नं. ६ मा काँग्रेसका भीमसेनदास नै मैदानमा आएका छन् उनी निट एन्ड क्लिन छन् । उनी एमालेको नयाँ अनुहार पूर्व प्रहरी आईजीपी र ओली सरकारको घिनलाग्दो पाटो संसद अपहरणसँग जोडिएका पात्र हुन् । त्यही कार्यको पुरस्कार दिएर ओलीले क्षेत्र नं. ६ मा पठाएका हुन् । क्षेत्र नं. ७ पनि चर्चित छ । त्यहाँ पूर्व प्रम डा. बाबुराम भट्टराईकी छोरी मानुषी यामी भट्टराई मैदानमा उत्रिएकी छिन् । सत्ता गठबन्धनको साथ र युवा हुनु नै मानुषीको विशेषता हो । एमालेले रामवीर मानन्धरलाई पन्छाएर श्याम घिमिरेलाई ल्याएको छ । क्षेत्र नं. ८ मा जीवनराम श्रेष्ठका अगाडि एमालेका विद्यासुन्दर वैद्य चर्चित नामहोइन । त्यहाँ अष्टलक्ष्मी शाक्यले उम्मेदवार बन्न रुचि नराख्दा वैद्यले ठाउँ पाए । श्रेष्ठ वडादेखिनै आएका पात्र हुन् । त्यहाँ दलको तारो बनेका छन् स्वतन्त्र उम्मेदवार सुमन सायमी । तर उनी पनि स्वार्थ समूहतिर लाग्दा उनको पनि माहौल तातिन सकेको छैन । क्षेत्र नं. ९ मा सत्ता गठबन्धनले कल्पना धमाललाई अगाडि सार्दा एमालेले कृष्णगोपाल श्रेष्ठलाई अगाडि ल्यायो । श्रेष्ठ केपी ओलीका दासका रूपमा पार्टीभित्रै र बाहिर पनि चिनिएका पात्र हुन् । कृष्णगोपालको धरातल बलियो नभए पनि विपक्षी गठबन्धनको उम्मेदवार कमजोर भएको भन्दै एमालेभित्र आशा जागेको छ ।
कम्युनिष्ट फुटाउने यी पात्र
केपी ओलीलाई कम्युनिष्ट पार्टी विभाजन गर्न सघाउने योद्दाहरूमा ईश्वर पोखरले, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराई, कृष्ण राई जस्ता अनुहार दोहोरिएका छन् । आफ्नो स्वार्थ पूरा भएपछि सहयात्रीहरूप्रति छुरा धस्ने एमालेको लोकप्रिय चरित्र यिनको छ । केपी ओलीले जे भन्छन् त्यसलाई सत्य ठान्ने यो जमात एमालेभित्रको उडूस हो । ईश्वर पोखरेल आर्थिक रूपमा बदनाम पात्र हुन् । स्वार्थ पूरा भएपछि यिनलदे कसैलाई चिन्दैनन् । राजनीतिक संस्कार यिनीहरूमा छैन । केपीलाई कुल देवता मान्ने र एमाले भित्रै एमाले विरुद्ध लामग्न पछि नपर्ने शंकर पोखरेल, अग्नि खरेल, सुभाष नेम्वाङ, खगराज अधिकारी, गोकुल बास्कोटा जस्ता कुपात्रहरूको उम्मेदवारीप्रति वामपन्थी कार्यकर्ताले यस पटक थुक्ने ठाउँ भयो, एकीकृत पार्टी फुटाएर केपी ओलीको जयजयकार गरेर जनतासँग मत माग्दा मनोरेल, मेट्रोरेल, घरघरमा ग्यासको पाइप, पानी जहाजको लहर कता पुग्यो ? ४१ महिने ओली कालको उपलब्धी ९ खर्बको विदेशी ऋण २१ खर्ब बनाएर निर्माण सम्पन्न नहुँदै उद्घाटन भएको धरहराले कलिे पूर्णता पाउँछा ? जनताले केपी ओलीलाई सोध्ने कि यी कुपात्रहरूलाई प्रश्न उठेकै छ ।


सम्बन्धित समाचार

धितोपत्र बोर्डका प्रवक्तामा घिमिरे

२०८१ मंसिर १४

ताजा नेपाल

यस्ता नेताले जनता बुझेनन्

२०८१ मंसिर १४

ताजा नेपाल

संयन्त्रको हैकम चम्कदै

२०८१ मंसिर १४

ताजा नेपाल