Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। पहिलो डोज कोभिसिल्ड लगाएर झण्डै आधा वर्षदेखि दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई आज काठमाडौंमा १४४ स्थानबाट दोस्रो डोज एस्ट्राजेनेका खोप लगाईदै छ । कोभिडविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिइने भएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकेको हो । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने कार्यालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने कार्यालयले दिएको चेतावनी छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल