Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — काठमाडौं महानगरपालिकाले चराचुरूंगीको जीवन चक्रलाई प्रतिकूल असर पर्ने रूख बिरुवामा लहरे बत्ती राख्न नपाइने बताएको छ ।
महानगरले ‘लहरेबत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१’ जारी गरेसँगै महानगरभित्रका सार्वजनिक र निजी स्वामित्वका स्थानमा रहेका रूख बिरुवामा कुनै पनि लहरे बत्ती प्रयोग नपाइने भएको हो ।
महानगरले सहरी सौन्दर्यको लागि महानगर क्षेत्रभित्र लहरे बत्ती राख्दा मानव स्वास्थ्य, सवारी सुरक्षा, चराचुरूंगीको जीवनचक्र र पुरातात्विक तथा सांस्कृतिक सम्पदामा प्रतिकूल असर पर्ने भन्दै महानगरले उक्त मापदण्ड लागू गरेको हो । तर सार्वजनिक स्थानमा लहरे बत्तीको प्रयोग गर्नु परे महानगरको वातावरण विभागबाट अनुमति लिनुपर्ने मापदण्डमा उल्लेख छ ।
साथै जात्रा, चाडपर्व तथा विशेष अवसरमा भने सात दिनको लागि मात्र लहरेबत्ती जडान गर्न सकिनेछ । यसका लागि अनुमति भने लिनु पर्दैन । तर यसको गुणस्तर भने मापदण्डले तोकेको छ । यसका लागि न्यूनतम छ वाटको एलईडी लाइट जडान गर्नुपर्ने, जडान गरिएको बत्ती हानिकारक विकीकरण नछाड्नुपर्ने र २७०० देखि ३५००के कलर टेम्पेरेचर हुनुपर्नेछ ।
महानगरले यसको अनुगमन समेत गर्नेछ । अनुगमनको क्रममा मापदण्ड उल्लंघन गरिएको पाइएमा अनुगमन टोली प्रमुखले सालवसाली आर्थिक ऐन र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम दण्ड र जरिवाना गरिने जनाइएको छ ।
२०८१ मंसिर २७
ताजा नेपाल
२०८१ मंसिर २७
ताजा नेपाल
२०८१ मंसिर २७
ताजा नेपाल