Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं नगर प्रहरी प्रमुखमा पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हालेका छन्। भदौ २ गतेको निर्णयअनुसार उनले भदौ ५ गतेबाट पदबहाली गरेका हुन्। नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक एसपी धनपति सापकोटालाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो। पदबहाली लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई बिफिङ गरेका थिए। पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन्। २०७७ सालमा उनको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो।
२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन — २०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नती भएको हो। त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो।